जनता टाइम्स

२२ आश्विन २०७९, शनिबार ०८:३७

नेकपा एसका यी हुन् प्रतिनिधिसभाका १९ उम्मेदवार


काठमाडौं, २२ असोज । सत्ता गठबन्धनले एकीकृत समाजवादीलाई प्रतिनिधिसभा तर्फ १९ सिट दिएर चित्त बुझाएको छ । सबैभन्दा फाइदामा परेको मोवादी केन्द्रले ४७ सिट पाएको छ भने नेपाली काँग्रेस ८४ सिटमा खुम्चिएको छ ।

शुक्रबार अवेर राति सिट बाँडफाँड टुंग्याएको भनिएको सत्ता गठबन्धनले १३ सिट अझै खाली राखेको छ । नेकपा (एस)ले पाएका प्रतिनिधि सभा सिटमा उम्मेदवार पनि टुंग्याएको छ । यस्ता छन् नेकपा (एस) का उम्मेदवार ः –

१, इलाम क्षेत्र न. १ – झलनाथ खनाल
२, उदयपुर क्षेत्र न. २ – जगन्नाथ खतिवडा
३, रौतहट क्षेत्र न. १ – माधवकुमार नेपाल
४, बारा क्षेत्र न. ४ – कृष्णकुमार श्रेष्ठ
५, काठमाडौं क्षेत्र न. ८ – जीवनराम श्रेष्ठ
६, ललितपुर क्षेत्र न. २ – कृष्णलाल महर्जन
७, धादिङ क्षेत्र न. १ – राजेन्द्रप्रसाद पाण्डे
८, मकवानपुर क्षेत्र न. २ – विरोध खतिवडा
९, कास्की क्षेत्र न. २ – श्रीनाथ बराल
१०, गुल्मी क्षेत्र न. २ – रामकुमारी झाँक्री
११, पाल्पा क्षेत्र न. २ – सोमप्रसाद पाण्डे
१२, रुपन्देही क्षेत्र न. २ – राजु गुरुङ
१३, दाङ क्षेत्र न. १ – मेटमणि चौधरी
१४, सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)
१५, डोल्पा – धनबहादुर बुढा मगर
१६, दैलेख क्षेत्र न। १ (अम्बरबहादुर थापा
१७। अछाम क्षेत्र न. १ – शेरबहादुर कुवँर
१८, बझाङ – भानुभक्त जोशी
१९, डोटी – प्रेमबहादुर आले