जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार ०९:२०

एमाले छाडेका घनश्याम गठबन्धनका उम्मेदवार !


काठमाडौं, २३ असोज । टिकट नपाएपछि एमाले छाडेको घोषणा गरेका घनश्याम भुषाल अब सत्ता गठबन्धनका साझा उम्मेदवार हुनुहुने भएको छ । स्वतन्त्र उम्मेदवारी दर्ता गर्न लागेका भुषाललाई गठबन्धनले समर्थन गर्नेृ भएको हो ।

आफूले एमाले त्याग गरेका कारण रुपन्देही –१ बाट प्रतिनिधि सभामा स्वतन्त्र उम्मेदवारी दर्ता गर्न लागेकाले समर्थनका लागि प्रचण्डलाई आग्रह गर्नुभएकोे श्रोतले बताएको छ । प्रचण्डले माओवादीको चुनाव चिन्ह लिन आग्रह गर्नु भए पनि भुषालले अस्वीकार गरेको श्रोतले बताएको छ ।

भुषाले स्वतन्त्ररूपमा आफूलाई समर्थन गर्न आग्रह गर्नु हुँदा शेरबहादुर देउवासँग कुरा गर्नु पर्ने जवाफ दिनु भएका प्रचण्डले फेरि मध्यरातमा फोन गरेर समर्थन रहने जनाउ दिनु भएको श्रोतको दावी छ । भुषाललाई समर्थन गर्ने जनाउ दिएको गठबन्धनले सो स्थानमा उममेदवारी नदिने भएको छ ।