जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार ०९:५८

मिनेन्द्रलाई साइजमा राख्न सुजातालाई टिकट


काठमाडौं, २३ असोज । नेपाली काँग्रेसले मोरङ क्षेत्र नं. २ मा अन्ततः सुजाता कोइरालाई उम्मेदवार बनाएको छ । डा. मिनेन्द्र रिजाल र सुजाताको दावी रहेको सो क्षेत्रमा अन्त्यमा शेरबहादुर देउवाको रोजाईमा मिनेन्द्रभन्दा सुजाता पर्नु भएको हो ।

डा. मिनेन्द्र शेखर कोइराला समूहका सकृय नेता भएको र तुलनात्मकरूपमा सुजाता सो गुटको राजनीतिमा त्यती सकृय नभएकाले मिनेन्द्रलाई साइजमा राख्न देउवाले सुजाता रोजेको बताइएको छ । दुवैले अन्त्यसम्मै दाव िनछाडे पछि शनिबार मध्यरातमा सुजाताको नाममा निर्णय भएको श्रोतले बताएको छ । सो क्षेत्रमा एमालेबाट ऋषिकेश पोखरेल उम्मेदवार हुनुहुन्छ ।

२०७४ सालमा डाक्टर रिजालले एमाले उम्मेदवार ऋषिकेष पोखरेललाई पराजित गरेका थिए । मंसिर ४ गते हुने निर्वाचनमा पनि एमालेले पोखरेललाई नै उम्मेदवार बनाएको हो । मोरङका प्रतिनििध सभाका ६ निर्वाचन क्षे मध्ये भागबण्डामा काँग्रेसले ४ र माओवादी केन्द्रले २ सिट पाएका छन् ।

काँग्रेसले पाएको ४ सिटमा निर्वाचन क्षेत्र –१ मा डिकबहादुर लिम्बु, २ मा सुजाता कोइराला, ३ मा डाक्टर सुनील शर्मा र क्षेत्र नम्बर ६ बाट डाक्टर शेखर कोइरालाले टिकट पाउनु भएको छ । क्षेत्र नम्बर ४ मा माओवादी केन्द्रले अमनलाल मोदी र ५ मा शिवकुमार मण्डललाई टिकट दिएको छ ।