जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार १२:२१

दोलखामा एमाले उम्मेद्वारले गरे उम्मेद्वारी दर्ता


दोलखा, असोज २३ । नेकपा एमालेले दोलखाका उम्मेद्वारी दर्ता गराएको छ ।

पूर्वमन्त्री तथा पोलिटब्यूरो सदस्यद्वय पावृत गुरुङ र आनन्दप्रसाद पोखरेलको नेतृत्वमा गएको एमाले टोलीले प्रतिनिधिसभा र प्रदेशसभामा आफ्नो उम्मेदवारी दर्ता गराएको हो ।

एमालेले दोलखाबाट प्रतिनिधिसभामा बालकृष्ण शिवाकोटी र प्रदेशसभातर्फ क मा नरबहादुर श्रेष्ठ र ख मा भरत केसीलाई उम्मेद्वार बनाएको छ । उहाँहरुले केहीबेर अघि उम्मेदवारी दर्ता गराउनु भएको हो । दोलखामा एमालेले यसपटक तीनै जनालाई पहिलो पटक उम्मेद्वार बनाएको हो ।

उम्मेदवारी दर्ता गराउन नेताद्वय पार्वत र आनन्दसहित पोलिटब्यूरो सदस्य तथा प्रतिनिधिसभामा समानुपातिक उम्मेद्वार इश्वरी रिजाल, केन्द्रीय सदस्यहरु रचना खडका, सरस्वती बस्नेतलगायतका नेता कार्यकर्ताहरु निर्वाचन कार्यालय पुग्नुभएको थियो ।