जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार १३:०७

रामचन्द्रलाई टक्कर दिन गोविन्दराजको स्वतन्त्र उम्मेदवारी


काठमाडौं, २२ असोज । तनहुँ –१ बाट नेपाली काँग्रेसको तर्फबाट रामचन्द्र पौडेल उम्मेदवार हुनुहुन्छ । उहाँलाई टक्कर दिन काँग्रेसकै पृष्ठभूमिका गोविन्दराज जोशीले उम्मेदवारी दिदिनुभएको छ । सो क्षेत्रमा एमालेले उम्मेदवारको नाम सार्वजनिक गरेको छैन ।

वाजागाजा र आफ्ना समर्थकसहित जोशीले उम्मेदवारी दर्ता गराउनु भएको हो । २०७४ को निर्वाचनमा पौडेलले भ्रष्ट्राचार मुद्दाका कारण जोशीको उम्मेदवारी रद्दगराई दिनु भएको थियो । जोशीको उम्मेदवारी रद्द भए पनि पौडेल एमाले उम्मेदवार किसान श्रेष्ठसँग झण्डै ५ हजार मतले पराजित हुनु भएको थियो ।

पौडेलको जित सुनिश्चित गराउन गठबन्धनले यस पटक किसान श्रेष्ठलाई बारा पठाएको छ । एमालेले आइतबार बिहानसम्म उम्मेदबारको नाम सार्वजनिक नगरेकाले जोशीलाई सहयोग गर्न सक्ने अनुमान गरिएको छ । गत स्थानीय निर्वाचनमा जोशी समूहसंग तालमेल गरेको एमालेले अपेक्षित परिणाम भने आएन ।