जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार १३:३०

बादलले उम्मेदवारी नदिने, अब एमालेबाट सुरेन्द्रको सम्भावना !


काठमाडौं, २३ असोज । नेकपा (एमाले) बाट काठमाडौं –१० मा टिकट पाएका रामबहादुर थापा बादलले अन्तिम समयमा आएर उम्मेदवारी नदिने हुनुभएको छ । उहाँको नाम सिफारिस नभए पनि उहाँलाई अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं –१० मा लडन आग्रह गर्दै टिकट दिनुभएको थियो ।

अहिले काठमाडौंका नेताहरू अर्को उम्मेदवारको खोजीमा छलफलमा जुट्नु भएको बताइएको छ । यो क्षेत्रबाट एमालेले सुरेन्द्र मानन्धर लगायतको नाम सिफारिस गरेको थियो । सिफारिसमै नपरेकाका लाई उम्मेदबार बनाइएको भन्दै केही कार्यकर्ताले असन्तसष्टि देखाएपछि बादल पछि हट्नु भएको बताइएको छ ।