झापा, असोज २३ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसीर ४ गते हुने निर्वाचनमा आफ्नो पार्टी एमालेले बहुमत ल्याउनेबताउनु भएको छ ।
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको प्रतिस्पर्धामा बहुमत ल्याउने अध्यक्ष ओलीले बताउनु भयो ।
अध्यक्ष ओलीले प्रतिनिधिसभा सदस्यका लागि झापाको क्षेत्र नम्बर ५ मा उमेदवारी दर्तापछि पत्रकारहरुसँग भन्नुभयो, ‘मंसीर ४ गते हुनेप्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउछ ।’
अध्यक्ष ओलीले उम्मीदवारी दर्ता कै दिन एमालेको बहुमत आउने प्रष्ट तस्वीर दिएको बताउनु भयो ।













प्रतिक्रिया दिनुहोस्