हुम्ला, २३ असोज । नेकपा एमालेका केन्द्रीय सदस्य एवं कर्णालीका पूर्व मन्त्री दल रावलले प्रतिनिधि सभाका लागि उम्मेदवारी दर्ता गराउनुभएको छ । केन्द्रीय निर्वाचन आयोगको कार्यालयमा गएर आफ्नो उम्मेदवारी दर्ता गराउनुभएको हो । ०७४ मा हुम्लाबाट प्रदेश सभा निर्वाचन लड्नुभएको उहाँले यो पटक भने प्रतिनिधि सभाको लागि उम्मेदवार बन्नुभएको हो ।
उहाँको दर्ता नम्बर ९ रहेको छ । हुम्लामा दिउँसो २ बजे मनोनयन पत्र दर्ता गर्ने भनिए पनि मौसमको प्रतिकूलताका कारण त्यहाँ जान असम्भव भएका कारण केन्द्रीय निर्वाचन आयोगको कार्यालयबाट मनोनयन पत्र दर्ता गराउनुभएको हो । एमाले हुम्लाको सह–इञ्चार्ज समेत रहनुभएको रावल प्रदेशमा एमालेभित्र आशा लाग्दा नेताको रूपमा चिनिनुहुन्छ ।
रावलले ०७४ मा प्रदेश सभा (क) बाट ७ हजार १५८ मतसहित विजयी हुँदा कांग्रेसका ठानबहादुर रोकायले ४ हजार ८११ मत प्राप्त गर्नुभएको थियो । रावलको प्रतिस्पर्धीको रूपमा गठबन्धनका तर्फबाट भने माओवादीका कार्चेन लामा उम्मेदवार बन्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्