जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार १९:१४

भक्तपुर १ मा प्रेम सुवाल चौथो पटक उम्मेदवार


भक्तपुर, २३ असोज । नेपाल मजदुर किसान पार्टीले भक्तपुर क्षेत्र नम्बर १ मा पार्टीका केन्द्रीय सचिव प्रेम सुवाललाई नै प्रतिनिधि सभामा उठाउने भएको छ । यसअघि पनि भक्तपुर क्षेत्र नम्बर १ बाट विजयी भएका प्रतिनिधि सभा सदस्य सुवालले पार्टीकोतर्फबाट पुनः आइतबार उम्मेदबारी दर्ता गराउनुभएको हो ।

पार्टी अध्यक्ष नारायणमान विजुक्छेंपछि उहाँ यो क्षेत्रबाट निरन्तर विजयी हासिल गर्दै आउनुभएको छ । यसअघिसम्म उहाँले यो क्षेत्रबाट तीन पटक विजयी हासिल गर्नुभएको छ । यो उहाँको चौथौ पटकको उम्मेदवारी हो । प्रदेश सभातर्फ भने क्षेत्र नम्बर १ क (चाँंगु) मा मीनबहादुर बाटा र १ (ख) (भक्तपुर) मा सुरेन्द्रराज गोसाई रहनु भएको छ ।