अर्घाखाँची, २३ असोज । केन्द्रमा गठबन्धन भनिए पनि अर्घाखाँचीमा कुनै पनि गठबन्धन रहेको छैन । सबैले दलले आ–आफ्नै दलका तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । अर्घाखाँचीमा स्वतन्त्र पत्रकार हरिप्रसाद भुसालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
स्वतन्त्र पत्रकार संघ अर्घाखाँचीका अध्यक्ष समेत रहनु भएका पत्रकार भुसालले राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उम्मेदवारी दर्ता गराउनु भएको हो ।
पूर्वउपप्रधानमन्त्रीसमेत रहनुभएका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीसहित निवर्तमान उपसभामुखसमेत रहनु भएकीकांग्रेस नेतृ पुष्पा भुसालले समेत प्रतिनिधीसभा सदस्यको लागि उम्मेदवारी दर्ता गराउनु भएको छ ।
केन्द्रमा गठबन्धन रहेको भनिए पनि अर्घाखाँचीमा विभिन्न दल तथा व्यक्तिले उम्मेदवारी दर्ता गराउनु भएको छ । । एमाले गठबन्धनमा रहेका राप्रपा र सत्ता गठबन्धनमा रहेका जनमोर्चा र नेकपा एकीकृत समाजवादीका नेताले समेत उम्मेदवारी दर्ता गराउनु भएको छ ।













प्रतिक्रिया दिनुहोस्