जनता टाइम्स

२३ आश्विन २०७९, आईतवार २०:४८

एकै जिल्लामा एमालेले बनायो दुई पत्रकारलाई उम्मेद्वार


उदयपुर, असोज २३ । नेकपा एमालेले उदयपुरमा दुईजना पत्रकारलाई प्रत्यक्षतर्फको उम्मेद्वार बनाएको छ ।

एमालेले क्षेत्र नम्बर १ प्रदेशसभा क बाट प्रेस चौतारी नेपालका पूर्वउपाध्यक्ष कुशलबाबु बस्नेतलाई उम्मेद्वार बनाएको छ भने क्षेत्र नम्बर २ ख बाट प्रेस चौतारीका उदयपुर जिल्ला अध्यक्ष जवनाथ दाहाललाई उम्मेद्वार बताएको छ । दुवै जनाले आज मनोनयन दर्ता गराउनु भएको छ । एकै जिल्लाबाट पत्रकार सक्रिय पत्रकारितामा रहेका दुईजना युवाले उम्मेद्वारी हाल्नु खुशीको कुरा भएको एमालेका नेता कार्यकर्ता बताउछन् ।

बस्नेतले आफूले प्रदेशसभाबाट प्रेस स्वतन्त्रता र मिडिया मैत्री कानुन बनाउन भूमिका निर्वाह गर्ने बताउनुभयो । क्षेत्र नं २ ९ख० बाट प्रेस चौतारी उदयपुरका अध्यक्ष जीवनाथ दाहाललाई प्रत्यक्षतर्फको उम्मेद्वार बनाएको हो । दाहालले आज उम्मेद्वारी दर्ता गर्नुभएको छ । दाहाल केही महिना अघिसम्म नयाँ पत्रिका दैनिका उदयपुर संवाददाता हुनुहुन्थ्यो ।

त्यस्तै संविधानले प्रत्याभुत गरेको प्रेस स्वतन्त्रताको संरक्षण गर्दै प्रादेशिक र स्थानीय मिडियालाई सवल बनाउन आफू लागिपर्ने दाहालको भनाइ छ । उम्मेद्वारी दर्तापछि दुवै जनाले नेपाली मिडियाको क्षेत्रमा आफूहरुको प्रदेश सभाको प्रवेश नमूना हुने बताएका छन् । चौतारीका पूर्वउपाध्यक्ष बस्नेतले सञ्चार क्षेत्रलाई एमालेको नेतृत्वले भर गरेको यो एउटा राम्रो उदाहरण भएको प्रतिक्रिया दिनुभएको छ ।