विराटनगर, असोज २४ । मोरङका ६ निर्वाचन क्षेत्र मध्ये ५ वटामा प्रतिनिधि र प्रदेशसभामा नेकपा एमालेले उम्मेदवारी दिएको छ । क्षेत्र नम्बर ५ मा भनें प्रतिनिधिसभा र दुबै प्रदेशसभामा जनता समाजबादी पार्टीलाई एमालेले समर्थन गरेको छ ।
मोरङ एमालेका अनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधिसमाका लागि यसअघि पनि निर्वाचित हुनुभएका घनश्याम खतिवडाले उम्मेद्वारी दिनुभएको छ । प्रदेशसभाका लागि क बाट उमाकान्त गौतम र ख बाट खड्गबहादुर बस्नेतले उम्मेद्वारी दिनुभएको छ । क्षेत्र नम्बर २ मा एमालेका जिल्ला अध्यक्ष एवं संबिधानसभा सदस्य ऋषिकेश पोखरेलले उम्मेद्वारी दिनुभएको छ ।
प्रदेशसभामा क बाट डीबी कार्की र ख मा प्रदेशका पूर्वराज्यमन्त्री लिलाबल्लभ अधिकारीको उम्मेद्वारी परेको छ । यस्तै क्षेत्र नम्बर ३ मा पूर्वमन्त्री एवं एमाले स्थायी कमिटी सदस्य भानुभक्त ढकालले प्रतिनिधिसमाका लागि उम्मेद्वारी दर्ता गराउनु भएको छ । प्रदेशसभा तर्फ क बाट दिलिपकुमार राई (किशोर ) र ख बाट ज्ञानेन्द्र सुबेदीको उम्मेद्वारी परेको छ ।
क्षेत्र नम्बर ४ मा एमालेका केन्द्रीय सदस्य विनोद ढकालले प्रतिनिधिसभा सदस्यका लागि उम्मेद्वारी दर्ता गर्नुभएको छ । प्रदेशमा क बाट जयप्रकाश चौधरी र ख बाट प्रदेशका पूर्वमन्त्री तथा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरेको उम्मेद्वारी परेको छ ।
क्षेत्र नम्बर ६ मा प्रतिनिधिसमामा एमालेका स्थायी समिति सदस्य लालबाबु पण्डितले उम्मेद्वारी दिनुभएको छ । प्रदेशसभामा क बाट रीता न्यौपाने र ख बाट कृष्णबहादुर बस्नेत (पर्शुराम) ले उम्मेद्वारी दर्ता गराउनु भएको छ ।















प्रतिक्रिया दिनुहोस्