काठमाडौं, असोज २४ । निर्वाचन आयोगले आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि ५ हजार ८८९ जनाको उम्मेदवारी परेको जनाएको छ ।
आयोगका अनुसार प्रतिनिधिसभाका लागि २ हजार ४८४ जना र प्रदेशसभाका लागि ३ हजार ४०५ जनाको उम्मेदवारी परेको छ । निर्वाचन आयोगका अनुसार उक्त विवरण आइतबार राति ८ः ४५ बजेसम्म मनोनयन दर्ता गर्नेहरूको हो ।



निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि आइतबार बिहान १० देखि अपराह्न ५ बजेसम्मको समय दिएको दिएको थियो । तर तोकिएको समयभन्दा ढिलासम्म उम्मेद्वारी दर्ता भएको हो ।
हेर्नाेस सूची













प्रतिक्रिया दिनुहोस्