काठमाडौं, २४ असोज । नेपालको महिला रेस्लर अस्मिता सुनार (जुरेली) ले भारतमा आइतबार भएको रेस्लिङको जित हात पार्नुभएको छ । भारतीय रेस्लरलाई पराजित गर्दै जुरेलीले सिंगल फाइटमा पराजित गर्नुभएको हो । रेस्लिङ प्रतियोगितामा जुरेलीको फाइट एकदमै दमदार रहेको भन्दै भारतले प्रशंसासमेत गरेको थियो ।
नेपाली रेस्लर जुरेलीले इन्डिया विगेस्ट रेस्लिङ इभेन्ट ‘रेस्लिङ युनिक वार’ मा भारतीय रेस्लरलाई पराजित गरेसँगै बेल्ट नेपालको हातमा पार्नुभएको हो । भारतको एफएफडब्लुले आयोजना गरेको एक दिने नेपाल–भारत महिला रेस्लिङ प्रतियोगितामा भारतको सुपरस्टार रेस्लर डाकिरा डियोलाई जुरेलीले पुरै ढलाउनुभएको थियो ।
भारतको रायपुरको स्टेडियममा भएको प्रतियोगितामा प्रमुख अतिथि छत्तिसगढको मुख्यमन्त्री भुपेश बघेल रहनुभएको थियो । दश हजार दर्शक रहेको प्रतियोगितामा चर्चित नायक साहिद खानको पनि उपस्थिति रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्