विशाल बस्नेत/महोत्तरी । नेकपा माओवादी केन्द्रका नेता राजन ढुंगानाले पार्टी जनताको भावनाअनुसार नचलेको बताउनु भएको छ । पाटीले जनताको काम गर्न सक्ने उम्मेदवार दिन नसकेको कारणले नै स्वतन्त्र उम्मेदवारी दिएको ढुंगानाले वताउनु भयो ।
यो ५ वर्षको अवधीमा मधेशमा जनतालाइ सरकारको समेत महसुस नभएको वताउदै ढुंगानाले सरकारको अनुभुत गराउन पनि आफ्नो उम्मेदवार रहेको बताउनु भयो ।
आफुले जिते प्रदेश ससंदको हैसियतले जनताको समस्याको पोकोलाइ संवोधन गर्ने तथा जन्ताको मनोभावनाअनुसार कुनैपनी राजनिती दलले अहिलेसम्म उम्मेदवारी नबनाएको वताउदै स्वतन्त्रको भुमिकावाट आफ्नो कलाकारिता देखाउने नेता ढुंगानाको भनाइ छ । उहाँले माओवादीले समेत जनभावना अनुसार काम गर्न नसके पछि बाध्य भएर स्वतन्त्र उम्मेदवारी दिएको बताउनु भयो ।
उहाँ माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य समेत हुन । सत्ता गठबन्धन दलको प्रतिनिधिसभामा साझा उम्मेदवार गिरिराजमणी पोखरेल हुनुहुन्छ । गठबन्धनको निर्णयअनुसार महोत्तरी क्षेत्र न १ क मा काङ्ग्रेसले पाउने निर्णय गरेता पनि प्रदेशसभाको साझा उम्मेदवार भने नेकपा एसवाट सुरेश राउत हुनुहुन्छ ।













प्रतिक्रिया दिनुहोस्