जनता टाइम्स

२६ आश्विन २०७९, बुधबार १८:१३

एमालेको चुनावी तालमेल : भ्रम र वास्तविकता


यो तालमेलले एमाले लगायत अग्रगामी तथा यथास्थिति विरोधी शक्तिको निर्वाचनमा विजय सुनिश्चित गराउँछ । अझ तराई मधेस लगायत स्थानमा एमाले बहुसंख्यामा जित्छ र यस पार्टीले नै बहुमत हासिल गर्ने स्थिति सुनिश्चित देखिन्छ । त्यसैले देशको स्वाधीनता, अखण्डतालाई सुरक्षित गर्न एमालेको नेतृत्वमा तालमेल गरेर निर्वाचनमा होमिनु अपरिहार्य हो । यसले अहिलेसम्म प्राप्त भएका सबै उपलब्धिको जगेर्ना र सम्बर्धन गर्न तथा देशको सर्वतोमुखी विकास र समृद्धिको यात्रामा अघि बढ्न पूरै सहयोग पुग्ने देखिन्छ 

प्रा.डा.बद्रीविशाल पोखरेल

पाँच दलीय गठबन्धन गलत ?
एमालेको चाहिँ सही ?
टिकट वितरणमा आफ्नालाई पाखा,
राप्रपा/राजावादीलाई किन काखा ?
जसपा पार्टी प्यारो
आफ्नो चाहिँ थारो ?

आगामी मंसीर ४ गते प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन सामु भुईं तहमा र एमाले नेता र कार्यकर्ताका बीच उपयुक्त प्रश्न र जिज्ञासा उत्पन्न भएका छन । यसमा कतिपय पार्टी स्थायी र पोलिटव्युरो तथा केन्द्रीय सदस्यहरु नै पनि स्पष्ट नभएको यस लेखकलाई थाहा छ । प्रभु साह त काग झैँ धेरै बाठो भएर के के गर्छन, उनको कुरा नगरौं । किनकि बाठो लड्छ तीन बल्ड्याङ ।

पार्टीले गरेको चुनावी तालमेलका विषयमा प्रायः नेता कार्यकर्ताहरु पार्टीको आदेश वा निर्णय मान्नुपर्ने मात्र बताउँछन । यसबाट तिनीहरुलाई विषयको गाम्भीर्यता नै थाहा छैन भन्ने पनि स्पष्ट हुन्छ । पार्र्टी अध्यक्ष केपी शर्मा ओलीको विषयगत मन्तव्य मात्रै सुने धेरै कुरा थाहा पाइन्छ तर अध्ययन, पठन, श्रवण र मनन गर्ने कुरामा पूरै खडेरी परेको अवस्था छ । फेरि समस्यालाई सामान्य र सतही रुपमा बुझ्ने, सूचनाको सतह मात्रमा भर पर्ने र त्यसको सातपत्र तहसम्म पुगेर र बुझेर आम जन समुदायलाई पितृ बुझाउने भन्ने कुरा पनि छ ।

सामान्य र सतही बुझाइ र समग्र बुझाइमा आनको तान परक हुन्छ । बुझेर पनि प्रभावकारी रुपमा घैँटामा घाम लाग्ने गरी बुझाउने कुराको अझ महत्व हुन्छ । अहिले एमालेले गरेको वा गर्नु परेको चुनावी तालमेलसहितका तमाम अस्पष्टता हटाउन बेलैमा लाग्नु पर्छ । थोरैले धेरैलाई प्रभावित पार्न सक्ने बुद्धिजीवी, स्रष्टा, प्राध्यापक, पत्रकार र नेतानै अलमल्ल परेपछि समाज कुहिराको काग हुन्छ । त्यसैले यस विषयमा अलिकति छलफल गरौँ ।

१. गठबन्धन गलत, तालमेल सही ?

ओली सरकारलाई विस्थापित गरेर परमादेशबाट गठित पाँच दलीय गठबन्धन सरकार नितान्त पार्टीगत र व्यक्ति केन्द्रित स्वार्थमा आधारित देखिन्छ । ओली सरकार हुँदा सातै प्रदेशमा कायम रहेका सात मन्त्रालयलाई बढाएर १४ सम्म मन्त्रालय बनाउने र संघको मन्त्री मण्डल पनि ६–६ महिनामा परिवर्तन गरेर सबैले बाँडीचुडी खाने जस्ता नियतबाट पाँच दलको गठबन्धन देश र जनताविरुद्ध रहेको स्पष्ट हुन्छ । तर एमालेले चुनावी तालमेल हो, देश र जनता विरुद्धको स्वार्थी गठबन्धन होइन ।

कहिले काहिँ चम्मु चोरहरु सज्जन हिड्ने बाटामा नै चोरी कर्मकै खातिर छद्म भेषमा हिड्छन । त्यसैले एमालेले गरेको तालमेलसित ठगबन्धनको कुनै साइनो र सम्बन्ध नै छैन । देश र जनता विरोधीले गठजोड गरेपछि त्यस विपरीतका शक्ति र व्यक्ति खोजेर तत्कालका लागि भए पनि एकताबद्ध गर्ने प्रयत्न गर्नुपर्छ । घर जल्नु भन्दा अघि नै कुवा खन्नुपर्छ ।

प्रतिदिन ५–६ किमी पिच बाटो पिच गर्यो । छोटो अवधिमा संविधान विरोधी भावनाबाट भड्किएको तराईमधेसको जनमतलाई साम्य पार्योे । पृथकतावादी सिके राउत र ध्वंशात्मक गतिविधि गर्ने विप्लव पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्यायो । चुच्चे नक्सा नेपाली नक्सामा समावेश गर्योे । चीनतिर पहिल्यै कसैले खोल्न नसक्ने नाका खोल्यो । भारतले गरेको नेपाल नाकाबन्दीमा चट्टानी अडान लिई सामना गर्योे ।विराटनगरमा स्थित भातीय सशस्त्र क्याम्प हटायो

२. देश गहिरो संकटमा

नेपाल अहिले पहिले कहिल्यै नभएको संगीन संकटमा रहेको छ । हरेक मिडियामा दैनिक नेपाल र नेपालीको अस्तित्व नै नरहने हो कि भन्ने आशंका व्यक्त गर्न थालिएको छ । देउवा सरकारले असंलग्न पराराष्ट्र नीतिलाई सर्वथा परित्याग गरेर अमेरिकी धुरीमा नेपाललाई प्रतिबद्ध गराएको छ । यसले गर्दा उत्तरको महाशक्ति सम्पन्न राष्ट्र चीन तिब्बत सीमामा सबै बन्दोबस्तीका सरसामानहरुले सुसज्ज्ति भएर रहेको छ । कुनै पनि बेला नेपाल युक्रेन जस्तो स्थितिमा परेर तहसनहस बन्न सक्ने अवस्था टड्कारो छ । यो परिस्थिति यही गठबन्धनका कारण सुरु र विकसित बन्ने अवस्थामा छ । किनभने अमेरिकाको स्वार्थ आफ्नो देश र देशवासीबाहेक अरुको विषयमा कुनै मतलब राख्दैन ।

हतियार बिक्री गर्नु र लाभ लिनु अनि कम्तीमा चीनलाई केही न केही भौतिक र मानसिक रुपमा धक्का दिनु मात्र उद्देश्य रहेको छ । तर भारत र रुसका बीचको लामो समयदेखिको मैत्री सम्बन्धका कारण अमेरिकाको अनुकूल काम नहुन सक्छ । तथापि नडराउनु तर डर राखेर काम गर्नु भनेझैँ गठबन्धन सरकारको रवैया हेर्दा एमाले अत्यन्त सतर्क, सजग तथा चनाखो हुनु अपरिहार्य देखिन्छ । पार्टी एकता सुदृढ राख्दै स्थायी वा अस्थायी मित्र शक्तिहरुलाई सकेसम्म गोलबन्ध गर्नु अपरिहार्य देखिन्छ । यस कुरालाई दृढ समर्थन गर्दै हालै एक अन्तर्वार्तामा एमाले नेता विष्णु रिजालले व्यक्रिगत असन्तुष्टिका नाममा पार्टी विरोधी गतिविधिप्रति कडा आपत्ति जनाए । त्यसैले यो चुनाव सामान्य चुनाव मात्र होइन ।

३. ओली सरकार विस्थापित गर्नुको कारण र परिणाम
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वको सरकारले विगत कालमा कसैले कहिल्यै नगरेको र गर्न नसकेका देश विकासका सर्वतोमुखी काम गरेर देखायो । विशेष गरेर भारतीय सरकारले नेपाललाई हेलाहोचो गर्ने प्रवृत्तिका विरुद्ध आवश्यक पर्दा ओली सरकारले प्रतिवाद गरेपछि सरकार विरुद्ध लागेको स्पष्ट हुन्छ । त्यसैले भारतले आफ्ना सामु लम्पसार पर्ने सरकार चाहना गरेको पनि स्पष्ट हुन्छ । त्यसमाथि ओली सरकारले मेलम्चीको पानी ल्याउने,भारतबाट पाइपबाट डिजल ल्याउँदा वार्षिक रुपमा करोडौँ ढुवानी खर्च जोगाउने जस्तो दक्षिण एसियामा दोस्रो महत्वपूर्ण काम गर्यो ।

प्रतिदिन ५–६ किमी पिच बाटो पिच गर्यो । छोटो अवधिमा संविधान विरोधी भावनाबाट भड्किएको तराईमधेसको जनमतलाई साम्य पार्योे । पृथकतावादी सिके राउत र ध्वंशात्मक गतिविधि गर्ने विप्लव पार्टीलाई शान्तिपूर्ण राजनीतिमा ल्यायो । चुच्चे नक्सा नेपाली नक्सामा समावेश गर्योे । चीनतिर पहिल्यै कसैले खोल्न नसक्ने नाका खोल्यो । भारतले गरेको नेपाल नाकाबन्दीमा चट्टानी अडान लिई सामना गर्योे ।विराटनगरमा स्थित भातीय सशस्त्र क्याम्प हटायो । ओली सरकाका पालामा ३ प्रतिशत मात्र महँगी थियो भने अहिले ७ प्रतिशत भन्दा माथि महँगी बढेको छ । नेपाललाई क्रमशः उन्नतिको मार्गमा अग्रसर गराउने यिनै काम गरेकाले ओली सरकारविरुद्ध बाह्यशक्तिको आदेश र इसारामा सरकार विस्थापित गरिएको स्पष्ट हुन्छ ।

भारतीय शाषक नेपाल अस्थिर, अन्यौल र अराजक तथा चरम गरीवीमा रहोस भन्ने चाहन्छ । यसैले उसले हुलाकी राजमार्ग बनाइदिने भनेर रोकेर वा होल्ड गरेर राखेको जस्ता धेरै उदाहरणबाट ज्ञात हुन्छ । यसको के अर्थ हुन्छ भने नेपालको हित गर्ने सरकार नबनोस र बनिहाले पनि टिक्नखान नसकोस् बरु भारतको अहितमा कुनै काम गर्ने छैनौँ भनेर लिखित तमसुक गर्नेलाई प्रधानमन्त्री बनाउन बनेको देख्न चाहेको स्पष्ट हुन्छ ।

त्यति मात्र होइन, पश्चिमा मुलकहरु नेपाललाई सरहयोग नगरेको पनि होइन तर ती मुलु्क पनि नेपाल समृद्ध र स्वावलम्बी भएको देख्न चाहँदैनन । नेपाल अस्थिर र अविकसित भयो भने नेपाललाई आधार शिविर बनाएर तिब्बत र चीनलाई प्रहार गर्न सकिन्छ भन्ने तिनको दुराशय रहेको छ ।

४. नेपाल षडयन्त्रको चक्रब्यूँहमा

भारतले पृथ्वीनारायण शाहका पालादेखि नेपाली विभीषणका सहयोगमा नेपालमाथि धावा बोलेकै हो । यसलाई शाहकै दूरदर्शितामा असफल पारिएको हो । शाहले दक्षिणको बादशाह नेपालमाथि आइलाग्छ भनेर भावी पुस्तालाई सचेत गराए भएकै हो । त्यस यता पनि विभिन्न कालखण्डमा प्रत्यक्ष वा परोक्ष रुपमा भारतीय शाषक र सरकार मार्फत् नेपाल प्रताडित हुनु परेको अवगत भएकै विषय हो ।

बीपी कोइराला समेत पछिल्लो अवधिमा भारतीय शाषकको नेपालप्रति हेर्ने षडयन्त्रबाट आजित हुनु भएको थियो र नेपाललाई सिक्किमीकरण हुने अवस्था टड्कारो देखेर फाँसीको फन्दालाई पर्बाह नगरी भारत प्रवासबाट स्वदेश फिर्नु भएको तथ्य जगजाहेर छ । वैदेशिक नीति र सुरक्षा जस्ता संवेदनशील विषय आफूलाई सुम्पिन भारतीय शाषकले नेपालका राजा र नेताहरुलाई बेलबेला दबाब दिइरहेको र नेपाललाई भुटान जस्तै आफ्नो अधीनस्थ वा बफर राष्ट्र बनाउन उहिल्यै देखि चाहेको स्पष्टै छ ।

एउटा रुखलाई समूल नष्ट गर्नु छ भने त्यसका जरामाथि नै प्रहार गर्नु पर्छ । हाँगाबिँगा काटेर भन्दा जगलाई नै प्रहार केन्द्रित गर्नु पर्छ अनि मात्र त्यस देशको अस्तित्व धरापमा पर्छ । हुँदाहुँदा नेपालको न्याय प्रणालीलाई समेत ध्वस्त बनाइयो । अब नेपालका प्रमुख पार्टीहरुलाई पहिले एमालेलाई र अहिले नेपाली काङ्ग्रेस छिन्न भिन्न पार्ने प्रपञ्च सुरु भएको हो । यी दुवै पार्टीलाई ध्वस्त गर्न लागिपरेका पात्रहरु पुष्पकमदल दाहाल र माधव नेपाल लगायत हुन

५. नेपाल ध्वस्त र असफल राष्ट्र बनाउने दुर्नियत

एउटा रुखलाई समूल नष्ट गर्नु छ भने त्यसका जरामाथि नै प्रहार गर्नु पर्छ । हाँगाबिँगा काटेर भन्दा जगलाई नै प्रहार केन्द्रित गर्नु पर्छ अनि मात्र त्यस देशको अस्तित्व धरापमा पर्छ । हुँदाहुँदा नेपालको न्याय प्रणालीलाई समेत ध्वस्त बनाइयो । अब नेपालका प्रमुख पार्टीहरुलाई पहिले एमालेलाई र अहिले नेपाली काङ्ग्रेस छिन्न भिन्न पार्ने प्रपञ्च सुरु भएको हो । यी दुवै पार्टीलाई ध्वस्त गर्न लागिपरेका पात्रहरु पुष्पकमदल दाहाल र माधव नेपाल लगायत हुन । मियो कमजोर भएपछि र नभए पछि दाईं गर्न सजिलो हुन्छ । यसरी एकएक गरेर नेपाल देशका सबै जराहरु उखेल्ने उद्देश्यका साथ केही पश्चिमा शक्ति विगत लामो समयदेखि लागि परेको देखिन्छ । यही जड कुरा महसुस गरेर सबै पार्टीका देशभक्त नेता र बुद्धिजीवीहरु अहिलेदेखि चनाखो हुनु अपरिहार्य देखिन्छ ।

६. उपसंहार

पार्टी बचाउने कि देश बचाउने संविधान बचाउने कि देशको स्वाधीनता जोगाउने भन्ने सर्वाधिक अहं प्रश्न हो । एक समय प्रा.डा. युवराज संग्रौलाले अन्नपूर्ण पोस्ट दैनिकमा सिक्किमले गणतन्त्र जोगायो तर देश जोगाउन सकेन भनेका थिए तर त्यस विपरीत उनी देश बचाउन होइन, संविधान बचाउने नाममा बहकिएर बहस पैरवीमा उत्रिए । कुराले होइन, कामले मात्र कुनै पनि नेतालाई पहिचान गर्नु पर्छ । के बोल्छ होइन के गर्छ भन्ने अहं महत्वको विषय हो । चिप्ला, स्वाँगे र अत्यन्त सतही कुरा गर्ने प्रभु साहले बढी जान्ने भएर बाठो काग हुन पुगेका छन् ।
प्रचण्ड र माकुने पहिले एमाले र ओलीविरुद्ध ज्यान फालेर लागेका थिए ।

यही प्रपञ्च अन्तर्गत प्रचण्डले ओलीलाई राज्यको फौजदारी कानुन नै आकर्षित हुने र त्यस अनुसार कार्यवाही गरिने सम्मको १९ पन्ने आरोप लगाएका थिए । यसलाई ओलीले मौका परे आफ्नो समग्र राजनीतिक जीवन समाप्त पार्ने योजना रहेको ओली आफैँले उल्लेख गर्नु भएको छ । विश्व इतिहासमा जस्तै ब्राजिलमा नै पनि केही वर्ष पहिले राष्ट्रपतिमा लोकप्रिय मतबाट निर्वाचित बामपन्थी जनप्रेमी तथा इमान्दार दिल्मा सफेल लुलालाई चरम भ्रष्ट हरुले उल्टो भ्रष्टाचारको अभियोग लगाएर न्यायालय प्रयोग गरी कारावासमा राखेका थिए । तर प्रमाण केही नभए पछि रिहा भए पनि दाग त लगाए ।

लुलाले दशकौँपछि ब्राजिलमा सबैभन्दा राम्रो अर्थव्यवस्था चलाएका थिए । एमालेले गरेको चुनावी तालमेल सबै दृष्टिकोणले अत्यन्त सही रहेको छ । यसले गठबन्धन सरकार र स्वार्थ केन्द्रित तमाम जनता र राष्ट्र विरोधी गतिविधिको जनतालाई जानकारी गराउँछ । आवश्यक पर्दा देशलाई आवश्यक संकट पर्दा एकजुट हुने कुरामा बल प्रदान गर्छ । यस्तो बेलामा हिजो को कहाँ थियो भनेर जात, भात, नाक, नश्ल र भूगोल हेरेर संकीर्ण सोच राख्ने कामै गर्नु हुँदैन ।

यो तालमेलले एमाले लगायत अग्रगामी तथा यथास्थिति विरोधी शक्तिको निर्वाचनमा विजय सुनिश्चित गराउँछ । अझ तराई मधेस लगायत स्थानमा एमाले बहुसंख्यामा जित्छ र यस पार्टीले नै बहुमत हासिल गर्ने स्थिति सुनिश्चित देखिन्छ । त्यसैले देशको स्वाधीनता, अखण्डतालाई सुरक्षित गर्न एमालेको नेतृत्वमा तालमेल गरेर निर्वाचनमा होमिनु अपरिहार्य हो । यसले अहिलेसम्म प्राप्त भएका सबै उपलब्धिको जगेर्ना र सम्बर्धन गर्न तथा देशको सर्वतोमुखी विकास र समृद्धिको यात्रामा अघि बढ्न पूरै सहयोग पुग्ने देखिन्छ ।

(लेखक पोखरेल एमाले प्रदेश नं. १ का संस्कृति विभाग प्रमुख हुनुहुन्छ)