बारा, असोज २६ । बाराका प्रसौनी गाउँपालिका–५ प्रष्टोका गाउँका दुई छोरा–छोरीसहित तीन जनाको हत्या भएको छ । प्रहरीले प्रारम्भिक अनुसन्धानमा श्रीमानले नै पत्नी र छोराछोरीको हत्या गरेको तथ्य भेटिएको बताएको छ ।
जिल्ला प्रहरी कार्यालय बाराका अनुसार २५ वर्षीया सुजाता चौधरी, उनकी छोरी ३ वर्षीया ताहिरा चौधरी र १६ महिनाको राजवीर चौधरीको हत्या भएको हो ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीका अनुसार प्रारम्भिक अनुसन्धानमा उनीहरुको घाँटी रेटेर हत्या भएको देखिएको छ ।
प्रहरीले हत्यापछि भागेका श्रीमानलाई अस्पतालबाट नियन्त्रणमा लिएको छ । घटनापछि भागेको अवस्थामा दुर्घटना हुँदा केहिपर घाइते अवस्थामा उनी भेटिएका छन् । प्रहरी स्रोतका अनुसार अस्पतालमा उपचार भइरहेको अवस्थामा उनलाई नियन्त्रणमा लिइएको छ ।
प्रारम्भिक अनुसन्धानमा घरायसी विवादमा हत्या भएको हुनसक्ने आशंका गरिएको छ । प्रहरीका अनुसार उनीहरु सुजाना, उनका श्रीमान र छोराछोरीसहित गँगटा मार्न घरबाट निस्किएकी थिइन् ।













प्रतिक्रिया दिनुहोस्