जनता टाइम्स

२९ आश्विन २०७९, शनिबार १२:३७

भाइरल बन्यो ‘तेरिमा…केटा बोलाएर खुट्टा भाँचिदिऊँ’ भन्ने रामकुमारीको त्यो धम्की (भिडियोसहित)


काठमाडौं, असोज २९ । नेकपा एकीकृत समाजवादीका सचिव तथा गुल्मी क्षेत्र नम्बर-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रामकुमारी झाँक्रीको केटा बोलाएर खुट्टा भाँचिदिऊँ भन्ने धम्की भाइरल बनेको छ ।

झाँक्रीले कांग्रेसका कार्यकर्ता तथा एक जना शिक्षकलाई गत निर्वाचनमा आफूबिरुद्ध फेसबुकमा लेखेको भन्दै खुट्टा भाँचिदिऊँ कि मैले बोलाएको ठाउँमा आउने भन्दै धम्की दिनुभएको थियो ।

कांग्रेस र माओवादी गठबन्धनबाट उम्मेदवार बन्नुभएकी झाँक्रीलाई अहिले सोही धम्की निकै महंगो बनेको छ । सामाजिक सञ्जालमा झाँक्रीले दिएको सो धम्की भाइरल बनेको छ । भोजराज सरको घर अगाड नआए तपाई केटा बोलाएर खुट्टा भाँचिदिन्छु, तेरिमा… झाँक्रीले धम्की दिनुभएको छ ।

झाँक्रीले दिनुभएको त्यो धम्की सुन्नोस

यता कांग्रेसबाटै बागी उम्मेदवारी परेको र बिगतमा कांग्रेसका नेता कार्यकर्तालाई अपमान गरेको कारण झाँक्रीलाई मतदान नगर्ने अवस्था बनेको छ । गुल्मी-१ मा एमालेबाट भने बिकासप्रेमी र इमान्दार नेता एमाले सचिव गोकर्ण बिष्ट उम्मेदवार हुनुहुन्छ । पहिलो पटक चुनाव लडनुभएकी नेकपा एकीकृत समाजवादीका सचिव रामकुमारी झाँक्रीलाई भने पहिलो गाँसमै दाँतमा ढुंगा लागेको छ । पहिलो पटक चुनाव लडन लाग्नुभएकी झाँक्रीलाई गठबन्धनको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले सहयोग नगर्ने भएको हो ।

गठबन्धन दलमा भएको सहमतिअनुसार गुल्मीको क्षेत्र नम्वर २ मा झाँक्री उम्मेदवार बने पनि कांग्रेस नेता डा. दामोदर भुसालले दर्ता गरेको उम्मेदवारी कायम रहेको छ । कांग्रेस नेताहरुले फिर्ता लिन दवाव दिए पनि बुधबार समयसम्म डाक्टर भुसालले फिर्ता नलिएपछि नेपाली कांग्रेसको भरोसामा उम्मेदवार बन्नुभएकी झाँक्रीलाई ठूलो संकट परेको छ ।

गठबन्धनकी आधिकारिक उम्मेदवार झाँक्रीविरुद्ध स्वतन्त्र भन्दै बागी उम्मेदवारी दिनुभएका भुसाललाई नेपाली कांग्रेस गुल्मीले बुधवार दिउँसो १ बजेसम्मका लागि उम्मेदवारी फिर्ता गर्न अल्टिमेटम दिएको थियो । त्यस अवधिमा उहाँले उम्मेदवारी फिर्ता नलिए स्वतः कारबाही गर्ने चेतावानीलाई बेवास्ता गर्दै उहाँले उम्मेदवारी फिर्ता नलिएपछि गठबन्धनकी उम्मेदवार झाँक्रीलाई धक्का लाग्ने र एमालेका उम्मेदवार गोकर्ण बिष्टलाई सहज भएको छ ।