जनता टाइम्स

२९ आश्विन २०७९, शनिबार १५:४५

एमालेमै फर्किए नेकपा एसका इन्चार्ज भण्डारी


मोरङ, असोज २९ । नेकपा एकीकृत समाजवादी पार्टी मोरङका नेता मनोरथ भण्डारी एमाले प्रवेश गर्नुभएको छ ।

भण्डारीलाई शनिबारनेकपा एमालेका स्थायी कमिटी सदस्य गुरु बरालले खादा लगाएर पार्टीमा स्वागत गर्नुभयो ।

लामो समयदेखि एमालेको राजनीतिमा सक्रिय रहेका भण्डारी एमाले विभाजनपछि एकीकृत समाजवादीमा जानुभएको थियो ।

भण्डारी नेकपा एकीकृत समाजवादीका मोरङ जिल्ला कमिटी सचिवालय सदस्य र उर्लाबारी नगर इन्चार्जको जिम्मेवारीमा रहनु भएकोथियो ।