जनता टाइम्स

३० आश्विन २०७९, आईतवार १२:२६

सबैभन्दा उम्मेदवारी परेको प्रदेश सभाको यी दश क्षेत्र


काठमाडौं, ३०  असोज । आगामी मंसिर ४ गते हुने प्रदेश सभा निर्वाचनमा सबैभन्दा ठूलो संख्यामा उम्मेदवारी रौतहट निर्वाचन क्षेत्र नं. (क) मा परेको छ ।

उत्त क्षेत्रमा २८ जना पुरुष र २ जना महिला गरी ३० जनाको उम्मेदवारी परेको छ ।

प्रदेश सभातर्फ ठूलो ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नं.३ (ख)मा परेको छ । यो क्षेत्रमा २२ जना पुरुष र ५ जना महिला गरी २७ जनाले उम्मेदवारी दिएका छन् ।

प्रदेश सभामा तेस्रो ठूलो उम्मेदवारी महोत्तरी निर्वाचन क्षेत्र नं.३ (ख) मा परेको छ । यस क्षेत्रमा २५ जना पुरुष र एक जना महिला गरी २६ जनाबीच प्रतिस्पर्धा हुने निर्वाचन आयोगले जनाएको छ ।

चौंथो ठूलो संख्यामा उम्मेदवारी महोत्तरी निर्वाचन क्षेत्र नं.४ (क) मा २२ जना पुरुष र ३ जना महिला गरी कुल २५ जनाको परेको छ । कविलवस्तुको निर्वाचन क्षेत्र नं.३ (ख)मा २४ जना पुरुष र एक जना महिला गरी कुल २५ जनाको उम्मेदवारी परेको छ ।

आयोगका अनुसार छैठौं ठूलो संख्यामा उम्मेदवारी परेको रौतहट निर्वाचन क्षेत्र नं.४ (ख)मा २३ जना पुरुष र एक जना महिला गरी २४ जनाबीच प्रतिस्पर्धा हुनेछ ।

सातौं ठूलो संख्यामा उम्मेदवारी महोत्तरीको निर्वाचन क्षेत्र नं.४ (ख) मा परेको छ । यसक्षेत्रमा १७ जना पुरुष र ५ जना महिला गरी २२ जनाबीच प्रतिस्पर्धा हुँदैछ ।

आठौं ठूलो संख्यामा उम्मेदवारी धनुषा निर्वाचन क्षेत्र नं.३ (क) मा परेको छ । यो क्षेत्रमा १९ जना पुरुष र एक जना महिला गरी २० जनाले उम्मेदवारी दिएका छन् ।

नवौं र दशौं ठूलो संख्यामा उम्मेदवारी क्रमसः महोत्तरी निर्वाचन क्षेत्र नं.२ (ख) र ४ (ख) मा परेको छ । यी दुवै क्षेत्रमा २०–२० जनाले उम्मेदवारी दिएका छन् ।

महोत्तरी निर्वाचन क्षेत्र नं.२ (ख) मा १८ जना पुरुष र दुई जना महिलाको उम्मेदवारी परेको छ भने महोत्तरी निर्वाचन क्षेत्र नं .४ (ख) मा १९ जना पुरुष र एक जना महिलाले उम्मेदवारी दिएको आयोगले जनाएको छ ।