लमजुङ, असोज ३१ । आसन्न मंसिर ४ गते हुन गईरहेको प्रदेश र प्रतिनिधिसभा निर्वाचन नजिकिएसँगै दल र उम्मेदवार आन्तरिक जोडघटाउ र प्रचारप्रसारमा ब्यस्त हुन थालेका छन् ।
चुनावी माहोल तातिएसँगै चोकचोक र चियापसलहरुमा पनि सम्भावित निर्वाचन परिणामको बिषयमा छलफल र चर्चा हुन थालेको छ । एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र रहेको लमजुङमा नेकपा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङ र नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ प्रतिष्पर्धी हुनुहुन्छ ।
यस्तै प्रदेश ‘क’ मा एमाले लमजुङका पूर्वअध्यक्ष जमिन्द्रमान घले र नेपाली कांग्रेस लमजुङका सभापति डा.टकराज गुरुङबीच प्रतिष्पर्धा हुँदैछ भने प्रदेश ख मा एमालेका जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारी र कांग्रेसका पूर्वसभापति भेषबहादुर पौडेलबीच प्रतिष्पर्धा हुनेछ ।
संघीय निर्वाचन र प्रदेश ख मा दुई उम्मेद्वारबीच पहिलोपटक प्रतिष्पर्धा हुन लागेको हो भने प्रदेश क का उम्मेद्वारद्वय घले र गुरुङबीच अहिले दोस्रोपटक प्रतिष्पर्धा हुन लागेको हो । दुई उम्मेद्वारबीच भएको दोस्रोपटकको प्रतिष्पर्धालाई लमजुङका नागरिकले निकै चासो र रोचकतापूर्वक हेरिरहेका छन् ।
२०७० सालमा भएको दोस्रो संविधानसभाको निर्वाचनमा ८ सय ९२ को मतान्तरले बिजयी हुनुभएका घलेलाई मंसिर ४ गते हुन गईरहेको प्रदेशसभा निर्वाचनमा बिराशत कायम राख्न निकै मेहनत गर्नुपर्ने देखिन्छ ।













प्रतिक्रिया दिनुहोस्