जनता टाइम्स

२ कार्तिक २०७९, बुधबार ०९:१८

ताप्लेजुङमा ट्याक्टर दुर्घटना, ४ जनाको मृत्यु


ताप्लेजुङ, कात्तिक २ । ताप्लेजुङको मैवाखोला गाउँपालिका ४ साँघुमा गएराति ट्याक्टर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ ।

स्थानीय याम्फेवा खोला नजिक मध्यरातमा भएको दुर्घटनामा तेल्लाबुङबाट कम्साङतर्फ जाँदै गरेको ट्याक्टर सवार ४ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा चालक मैवाखोला–५ काम्सङ बस्ने ३१ वर्षका पासाङ शेर्पा, उनको भाई २४ वर्षका फुर्बा शेर्पा, मैवाखोला–४ ओदकका २२ वर्षकी सर्मिला शेर्पा र उनकी बहिनी १७ वर्षकी लाकी शेर्पा रहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी कैलाश राईले जानकारी दिनुभयो । चालक पासाङ सो ट्याक्टरका माकिलसमेत हुन् ।