कैलाली, ४ कात्तिक । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा कैलाली–४ ‘क’ का उम्मेदवार दीर्घबहादुर सोडारीलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । आयोगले आज उहाँलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २४ घण्टे स्पष्टीकरण सोधेको हो ।
‘तपाईंले आफ्नो निर्वाचन क्षेत्रमा गत बिहीवार आयोजित कार्यक्रममा निर्वाचन आयोग नेपाल र यसका पदाधिकारीहरु उपर लाञ्छनापूर्ण अभिव्यक्ति दिनुभएको सूचना र सोलाई पुष्टि गर्ने सामग्री आयोगमा प्राप्त भइसकेको सन्दर्भमा तपाईंले उक्त अभिव्यक्ति दिनु भएको होइन भन्ने आधार र प्रमाण के छ ?,’ आयोगले सोडारीलाई सोधेको छ ।
कार्यक्रम सम्बोधनका क्रममा उहाँले पनि निर्वाचन आयोगका गतिविधिप्रति शंका उत्पन्न भएको बताउनुभएको थियो ।













प्रतिक्रिया दिनुहोस्