जनता टाइम्स

६ कार्तिक २०७९, आईतवार १२:३७

सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न अनुमति, तिहारपछि मात्रै अभियोग पत्र


काठमाडौं, कात्तिक ६ । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध तिहारपछि मात्र अभियोग पत्र दर्ता हुने भएको छ । अदालतले लामिछानेलाई थप दुई दिन हिरासतमै राख्न अनुमति दिएपछि तिहारपछि मात्रै अभियोग पत्र दर्ता हुने भएको हो ।

प्रहरीले अनुसन्धान प्रतिवेदन बुझाएपनि अध्ययन र अभियोग पत्र तयार गर्न समय लाग्ने भन्दै काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले तिहारको विदापछि मात्र काठमाडौं जिल्ला अदालतमा अभियोग पत्र दर्ता गर्ने भएको हो ।

सन्दीप लामिछाने गत असोज २० गतेदेखि प्रहरी हिरासतमा छन् । उनीविरुद्ध एक १७ वर्षीया किशोरीले बलात्कारको आरोप लगाएकी हुन् । सन्दीपलाई हिरासतमा राख्न आइतबार अदालतबाट थप दुई दिनको समय लिइएको छ । सोमबारदेखि सार्वजनिक बिदा परेकाले तिहारपछि कार्यालय खुलेपछि मिलान हुने गरी थप समय लिने तयारी प्रहरीको छ ।