जनता टाइम्स

६ कार्तिक २०७९, आईतवार १६:५९

कांग्रेस जिरीका नेता उप्रेतीद्धारा पार्टी परित्याग गरेको घोषणा, एमाले उम्मेदवारलाई सहयोग गर्ने


जिरी, कार्तिक नेपाली कांग्रेसका प्रभावशाली नेता श्याम उप्रेतीले सुर्य चिन्हमा मतदान गरेर एमाले उम्मेदवारलाई सहयोग गर्ने बताउनु भएको छन्

नेकपा एमाले जिरी नगरकमिटीले आज आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा नेता उप्रेतीले कांग्रेस परित्यागगरी स्वतन्त्र भएको घोषणा समेत गर्नुभयो गठबन्धनप्रति असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र नागरिक भएर बस्ने तर आगामी निर्वाचनमाएमाले उम्मेदवारलाई सहयोग गर्ने बताउनु भएको हो

उहाँ जिरी क्षेत्रको निकै प्रभावशाली नेता हुनुहुंछ आफु अब कांग्रेस छाडेर स्वतन्त्रनागरिक भएपनि एमाले उम्मेदवारलाई जिताउन सूर्य चिन्हमा मतदानका लागि सबैलाई आग्रह गर्ने उहाले बताउनु भयो

आफ्नो पार्टीको चुनाव चिन्हमा भोट हाल्न पाउने अधिकारबाट गठबन्धनले मतदातालाई बञ्चित गरेको भन्दै उप्रेतीले एमाले प्रवेश गर्नेसंकेत पनि गर्नुभयो एमालेले आफ्नो व्यवहार विचारबाट मन जित्न सके आफु एमाले प्रवेश गर्न तयार रहेको उहाँको भनाई