काठमाडौं, कात्तिक ६ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल गठबन्धनका बावजुद आफ्नो पार्टीका उम्मेदवारहरुको जमानत जफत हुने त्रासमा रहेको खुलासा भएको छ ।
कर्णाली प्रदेशमा आज आयोजित गठबन्धनको प्रशिक्षणमा माधवले यस्तो त्रास ब्यक्त गर्नुभएको हो । नेपालले स्वतन्त्र उम्मेदवारको नाममा पार्टीभित्रकै बागी उम्मेदवार बढेको भन्दै गठबन्धनबीच उम्मेदवारको जमानत जफत हुने अवस्था आउन सक्ने बताउनु भयो ।
कर्णाली प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै माधवले भन्नुभयो, ‘कतिपय ठाउँमा स्वतन्त्रको नाममा बागी उम्मेदवार बनेका छन् । त्यसलाई हामीले मिलाएर सम्बोधन गर्नुपर्छ । प्रतिगमनको पक्षधरले कुनै हालतमा जित्नु हुँदैन । टिकट पाउनु ठूलो कुरा होइन । जित्नसक्नुपर्छ । टिकट पाएर जमानत जफत हुनुको अर्थ हुँदैन ।’













प्रतिक्रिया दिनुहोस्