झापा, कार्तिक ११ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार भएको वताउनुभएको छ ।
झापाको भद्रपुरमा आज नेकपा (एमाले) र राप्रपाको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देश दुई ध्रुवमा बाँडिएको रएमाले राष्ट्रिय हित र स्वाभिमानको पक्षमा रहेको बताउनुभयो । अध्यक्ष ओलीले सत्ता स्वार्थमा रहेको अर्को ध्रुवको नीति आत्मसमर्पणवादी, घुँडा टेकुवा भएको वताउनुभयो ।
देशभक्तहरुको पार्टी एमाले विकासको पक्षधर भएको र यो पार्टीले देशमा विकास अभियन्ताका रुपमा अगुवाई गर्ने वताउँदै यस ध्रुवमादेशभक्तहरु एकत्रित हुँदै जान थालेको अध्यक्ष ओलीको भनाई थियो ।
अध्यक्ष ओलीले आफूले समर्थन गरेको उम्मेदवारलाई जिताउनु पार्टीको इज्जत र दायित्व भएको वताउँदै झापा–३ मा राप्रपाका अध्यक्षराजेन्द्र लिङ्देनलाई जिताउनुपर्ने बताउनुभयो । अध्यक्ष ओलीले देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ भन्दै एमालेले समर्थन गरेका सबै उम्मेदवार निर्वाचनमा विजयी हुनेविश्वास व्यक्त गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– ‘अदालतको परमादेशबाट गठन भएको गठबन्धन सरकार जनताप्रति जवाफदेही छैन । सरकार भ्रष्टाचार रकमिशनखोर, दलालहरुको चङ्गुलमा छ । गठबन्धनका नेता नै विदेशीहरुका लागि कम्फर्टेवल सरकार हौ भन्दै भाषण गर्दै हिडेकालेजनताले हदैसम्म दुःख पाएका छन् ।’अध्यक्ष ओलीले गठबन्धनका कारण देश र राष्ट्रियता नै रहने कि नरहने भन्ने प्रश्न उठेको छभन्नुभयो ।
गठबन्धनले एमसीसी, एसपीपी जस्ता राष्ट्रघाती सम्झौता गरेका र सत्ता टिकाउन जे पनि गर्ने वताउँदै अध्यक्ष ओलीले नेकपा एमालेकोदेश बनाउने अभियानमा सहयात्रा सहकार्य गर्न सबैमा आग्रह गर्नुभयो ।
अध्यक्ष ओलीले भन्नुभयो– ‘नेकपा (एमाले) सहित राप्रपा र जसपाको चुनावी तालमेल जसरी पनि सरकारमा जानुपर्छ भन्ने अर्थमा होइन। यो देशको रक्षा गर्न नेपाली जनतालाई स्वाभिमानसहित बाँच्ने अवस्था सिर्जना गर्न, नेपाली जनताको आर्थिक जीवनस्तर बदल्ने समृद्धनेपाल सुखी नेपालीको अभियानमा एक भएर अघि बढ्नका लागि भएको हो ।’ उहाँले एमाले लगायत तीनै दलका कार्यकर्ताले इमान्दारीपूर्वक आफ्नो पक्षका उम्मेदवारलाई मतदान गरी विजयी गराउन समेत निर्देशनगर्नुभयो ।
अध्यक्ष ओलीले अहिलेको सरकार आएपछि न विकास छ, न ढुकुटीमा पैसा छ । यो सरकार घरको धुरीमा गिद्ध बस्दा अलछिन लाग्छभन्ने नेपाली उखान जस्तै देशका लागि अलछिना भएको बताउनुभयो ।
झापाको निर्वाचन क्षेत्र नम्बर ३ मा आयोजना गरिएको उक्त कार्यक्रममा एमालेसँग चुनावी गठबन्धन गरेको राप्रपाका अध्यक्ष राजेन्द्रलिङ्देनले एमालेसँग देशको विकास र राष्ट्रियताको पक्षमा सहकार्य भएकाले इमान्दारीपूर्वका एमालेका उम्मेदवारलाई विजयी गराउनराप्रपाका सम्पूर्ण कार्यकतालाई निर्देशन गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्