जनता टाइम्स

१२ कार्तिक २०७९, शनिबार १४:३३

भक्तपुरमा कांग्रेस-माओवादी छाडेर एमाले प्रवेस गरे १५० बढी नेता-कार्यकर्ता


काठमाडौं, कार्तिक १२ भक्तपुरमा विभिन्न पार्टी परित्याग गरी १५० भन्दा बढि नेता तथा कार्यकर्ताहरु एमालेमा प्रवेश गरेका छन्

आज (शनिबार) एक कार्यक्रमको आयोजना गरेर एमाले पोलिटब्यूरो सदस्य तथा आगामी निर्वाचनमा भक्तपुर बाट प्रतिनिधिसभाकाउम्मेदवार महेश बस्नेतले नवप्रवेशीहरुलाई पार्टीमा स्वागत गर्नुभयो

यसरी एमाले प्रवेश गर्नेहरुमा नेपाली काग्रेसका पूर्व महाधिबेसन प्रतिनिधि प्रकाश ढकाल, २०७०मा संविधान सभा क्षेत्र नं का उमेदवारसुनिल तज, माओवादी केन्द्रका दिपक महत, विपी काङ्ग्रेसका जिल्ला अध्यक्ष डा. रुपेश गाइजु, किसान त्वती लगायत १५० जना भन्दाबढि नेता तथा कार्यकर्ताहरु रहेका छन्

बस्नेतले आफ्नो दल देशको विकास समृद्धिको लागि विशेष संकल्प लिएर अघि बढेको बताउनु भयो उहाँले संघीय लोकतन्त्रलाईबलियो बनाउने कुरामा आफूहरु प्रतिबद्ध रहेको बताउनु भयो

बस्नेतले न्यायालयमा सेटिङमार्फत गलत हर्कत भैरहेको उल्लेख गर्दै यीसबै बेथिति ठिक पार्ने प्रतिवद्दता जनाउनु भयो। युवाहरुको सिप तथा ज्ञानलाई अधिकतम प्रयोग गर्ने पनि उहाँको भनाई उहाँलेअहिलेको पाँच दलीय गठबन्धनलाई राष्ट्रघातीको संज्ञा दिनुभयो