जनता टाइम्स

१३ कार्तिक २०७९, आईतवार ०८:३४

मनकामना दर्शनका लागि हिँडेको बस दुर्घटना, पाँच जनाको मृत्यु


नवलपरासी, कात्तिक १३ । गोरखाको मनकामना दर्शनका लागि यात्री बोकेको बस दुर्घटनामा परेको छ ।

पाल्पाको रम्भा गाउँपालिका–१ हुँगीबाट मनकामनाका लागि छुटेको ना ६ ख ७५८० नम्बरको बस पूर्वीनवलपरासीको बुलिङटार गाउँपालिका–२ मथारमा दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको छ ।

प्रहरीका अनुसार २५ जना घाइते भएका छन् । दुर्घटना बिहान ४ बजे भएको हो ।