जनता टाइम्स

१३ कार्तिक २०७९, आईतवार १५:४२

जो आफू एमाले होइनन तर एमालेकै सरकार खोजिरहेछन


काठमाडौं, कात्तिक १३ । आगामी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवार र राजनीतिक दलसँगै मतदाता पनि ध्रुविकरण भइरहेका छन । चुनावी अभियान अघि बढिरहँदा मतदातासमेत बिगतको कामको आधारमा मतदातालाई अपिल गर्न थालेका छन ।

राजनीतिक दलहरुले आफ्नो एजेण्डा राखिरहँदा सामाजिक अभियन्ता र अगुवाहरु नि क्रमशः खुल्न थालेका छन । यही क्रममा चुनावमा डा. मथुरा श्रेष्ठ, भद्रकुमारी घले र राजेश हमालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री बनाउन जरुरी रहेको भन्दै आफ्नो अभिब्यक्ति सार्वजनिक गर्नुभएको छ ।

नेकपा एमालेमा आवद्ध नरहनु भएका तीनै जनाले केपी शर्मा ओलीको नेतृत्वदायी क्षमता र समृद्ध नेपाल निर्माणको हुटहुटीलाई सार्थक रुप दिन नेकपा एमालेको बिजय आवश्यक रहेको बताउनु भएको छ ।

 

सामाजिक अभियन्ता एवं बरिष्ठ राजनीतिकसमेत रहनुभएकी पूर्वमन्त्री घलेले केपी ओली नेतृत्वको सरकारले मुलुकको बिकास र समृद्धिका लागि राम्रो काम गरेको र भारतसँग आँखा जुँधाएर कुरा गरी चुच्चे नक्सा प्रकाशन गरेकै कारण पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपालहरु बिदेसीको इसारामा नाचेर काम गर्न नदिएको तथा ओली सरकार अदालतबाट हटाएकोले पुनः केपी ओलीलाई नै सत्तामा स्थापित गर्नुपर्ने निश्कर्षमा हुनुहुन्छ ।

उहाँले बिभिन्न सञ्चारमाध्यमलाई दिनुभएको अन्तवार्तामा भन्नुभएको छ, ‘केपी ओलीलाई फेरि प्रधानमन्त्री बनाउनु पर्छ । एमालेलाई बहुमत दिएर मुलुक निर्माणको नेतृत्वमा केपी ओलीलाई पुर्याउनु पर्छ ।

यस्तै अर्का सामाजिक अनुवा डाक्टर मथुरा श्रेष्ठ पनि एमालेलाई नै जिताउनु पर्ने निश्कर्षमा हुनुहुन्छ । आफू नेकपा एमालेको समर्थन नभए पनि कामको आधारमा यसपटकको निर्वाचनमा एमालेले जित्न पर्ने उहाँको निश्कर्ष छ । ‘म एमाले होइन तर एमालेले नै चुनाव जित्नुपर्छ भन्ने मेरो मान्यता छ,’ श्रेष्ठको भनाई छ । उहाँले नेकपा एमालेले मात्रै मुलुक र जनताको हित हेरेको तथ्य बुझेर आफू एमाले नभए पनि एमालेले चुनाव जित्नुपर्छ भन्ने मान्यतामा रहेको समेत बताउनु भएको छ ।

यस्तै नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले गत स्थानीय तहको निर्वाचन अगावै मुलुकका लागि केपी ओली नै चाहिने बताएर आफू एमालेको पक्षमा रहेको तर एमाले चाँहि नभएको बताउनु भएको छ । एक टेलिभिजन अन्तवार्तामा हमालले यस्तो निश्कर्ष सुनाउनु भएको छ ।

‘आजको राजनीतिक परिवेशमा केपी ओली अपरिहार्य ब्यक्ति हो, उहाँलाई नै साथ दिनुपर्छ,’ अन्तवार्ताको क्रममा हमालले भन्नुभएको छ । हमालले आफू नेकपा एमालेको कार्यकर्ता वा समर्थक नभएको तर केपी ओलीको काम र उहाँमा रहेको क्षमताका कारण साथ दिनुपर्ने निश्कर्षमा पुगेको पनि बताउनु भएको छ ।

सुन्नोस हमालको यो अन्तवार्ता

आजको परिवेशमा केपी ओली अपरिहार्य ब्यक्ति हो, उहाँलाई नै साथ दिनुपर्छ : राजेश हमाल (भिडियोसहित)

‘एउटा नेतामा हुनुपर्ने गुण केपी ओलीमा छ । एउटा नेतामा हुनुपर्ने गुण उहाँमा छ, केवल राजनीतिक रुपमा मात्रै होइन, सवै क्षेत्रमा उहाँ अब्बल हुनुहुन्छ । उहाँ सहज रुपमा बिभिन्न पृष्ठभूमि, बिभिन्न ब्यक्तिहरुसँग घुलमिल हुनसक्ने क्षमता छ । समाजमा बिभिन्न पक्ष हुन्छ, ती सवैमा केपी ओली निपुन हुनुहुन्छ,’ हमालले भन्नुभएको छ, ‘आजको घडीमा नेपाललाई नेतृत्व गर्न केपी ओली असाध्यै सक्षम हुनुहुन्छ । म एमाले बनेको छैन, बन्ने संभावना पनि छैन तर केपी ओली राम्रो नेता हो, उहाँलाई साथ दिनुपर्छ भन्ने कुरा म ढुक्क साथ भन्छु ।’