जनता टाइम्स

१४ कार्तिक २०७९, सोमबार १६:०२

जस्ले जनताको बिश्वासमाथि घात गरे


काठमाडौं, कात्तिक १४ । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा लेनदेनका आधारमा एउटा पार्टीबाट जितेर अर्काे पार्टीको प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने नेताहरु पनि पुनः उम्मेदवार बनेर आएका छन ।

नेकपा एमालेको सूर्य चिन्हबाट जितेर संसदमा आएका तर संसदमा आएपछि जनताको त्यो बिश्वासमाथि घात गरेर पुनः मत माग्दै आउने नेतामा पूर्वप्रधानमन्त्रीद्वय तथा एमालेको नेतृत्व सम्हालिसक्नु भएका माधवकमाुर नेपाल र झलना खनाल हुनुहुन्छ ।

झण्डै ३३ बर्ष पार्टी सत्तामा रहेर आलोचकमाथि कार्वाहीको कोर्रा बर्साउनु भएमा माधव र झलनाथले महाधिवेशनमा पराजीत भएको रिस अध्यक्ष केपी शर्मा ओलीमाथि पोख्नकै लागि जनमतलाई ब्यापार बनाएर बिक्रि गर्नुभयो । पार्टी बिभाजन नहुँदै जुन दलसँग प्रतिस्पर्धा गरी जनताले जिताए, त्यही दलका नेतालाई प्रधानमन्त्री बनाउने काम गर्नुभयो । संसदीय इतिहासमा बिरलै देखिने यस्तो घटना जनताको बिश्वासमाथिको ब्यापार भन्न सकिन्छ ।

अहिले तिनै पूर्वप्रधानमन्त्रद्वय जनतामाझ आश्वासनको पोको बोकेर चुनावी मैदानमा हुनुहुन्छ । एमालेबाट निर्वाचित भई कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन लाग्नुभएका माधव र झलनाथ अहिले नेकपा एकीकृत समाजवादीबाट चुनाव लडनुभएको छ । उहाँहरुसँगै जनमतमाथि घात गर्ने बिरोध खतिवडा, कृष्णकुमार श्रेष्ठ, किसान, रामकुमारी झाँक्री, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी, धनबहादुर बुढा मगर, कृष्णलाल महर्जन, शेरबहादुर कुँवर र प्रेम आले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्नुभएको छ ।

उम्मेदवार बनेपछि उहाँहरुले जनताको बिश्वास कायम राख्ने प्रतिवद्धता जनाइरहनु भएको छ । उहाँहरुको पाँच बर्षअघिको प्रतिवद्धता पनि यही थियो । तर त्यो प्रतिवद्धताको उल्टो काम गर्नुभयो । पद र पैसाका लागि जनताको बिश्वासलाई बिक्रि गरियो ।