जनता टाइम्स

१५ कार्तिक २०७९, मंगलवार १५:५७

एमाले घोषणापत्र : एमालेको सरकार बन्दा यी २० कुराको ग्यारेन्टी


काठमाडौं । नेकपा (एमाले) ले घोषणापत्रमा आगामी पाँच वर्षमा गर्ने कामलाई २० ग्यारेन्टीमा संक्षेपीकरण गरेको छ । त्यसैलाई घोषणापत्रमा व्याख्या गरिएको जानकारी दिइएको छ ।

यी हुन् एमालेका २० ग्यारेन्टी

१. समृद्धिका लागि नीतिगत र संरचनागत सुधार गर्ने

२. राष्ट्रहित र नागरिक हितलाई सर्वोपरि राखी राज्य सञ्चालन गर्ने

३. ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ को नीति कार्यान्वयन गर्ने

४. स्वदेशी उत्पादन र स्वदेशी उपभोगका लागि ‘मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने

५. आवासविहीनलाई सुरक्षित आवास र मर्यादित जीवन उपलब्ध गराउने

६. सबैका लागि काम र नियमित कमाइको सुनिश्चितता गर्ने

७. ‘पूर्ण साक्षर देश र उद्यमशील शिक्षित युवा’ को नीति कार्यान्वयन गर्ने

८. ‘निरोगी नेपाल, सबल नागरिक’ नीति अघि बढाउने

९. सबै परिवारलाई मासिक १० हजार लिटरसम्म पानी निशुल्क

१०. वर्षायाममा मासिक ५० युनिट र हिउँदमा ३० युनिट विद्युत निशुल्क

११. ‘खेतबारीमा पानी, दोब्बर हुन्छ उब्जनी’ को मान्यता अघि बढाउने

१२. सडक पूर्वाधार र सुलभ सार्वजनिक यातायातको सुनिश्चितता गर्ने

१३. ‘व्यवस्थित सहर : स्वच्छ र हरियाली बस्ती’ को अवधारणा कार्यान्वयन गर्ने

१४. सरल, सहज सार्वजनिक सेवा’ को प्रबन्ध गर्ने

१५. सामाजिक सुरक्षाको दायरा र सुविधा विस्तार गर्ने

१६. सबै नागरिकमा वित्तीय पहुँच स्थापित गर्ने

१७. ‘स्वस्थ महिनावारी, सुरक्षित मातृत्व’ को नीति कार्यान्वयन गर्ने

१८. सस्तो, सहज र भरपर्दो सञ्चार सुविधाको प्रबन्ध गर्ने

१९. ‘सभ्य समाज : मर्यादित नागरिक’ को नीति कार्यान्वयन गर्ने

२०. प्रतिव्यक्ति आय दोब्बर गर्ने