काठमाडौं, कात्तिक १६ । बरिष्ठ हास्य कलाकार सन्तोष पन्तले नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भोट नदिन गोर्खावासीलाई अपिल गर्नुभएको छ ।
प्रचण्डकै आदेशमा राष्ट्र निर्माता पृथ्वीनारायण शाहको शालिक भत्काइएको भन्दै पन्तले गोर्खाका बीरको शालिक भत्काउने प्रचण्डलाई अव गोर्खावासीले भोट नहालेर लखेटनु पर्ने बताउनु भएको हो ।
‘गोर्खावासीकै हातमा छ, उहाँहरु पियोर गोर्खाली हो, उहाँहरुको सरीरमा रगत छ भने प्रचण्डलाई लखेटनु पर्छ गोर्खावासीले । जो पृथ्वी नारायण शाहले साना साना टुक्रिएर बसेका राज्इलाई एकीकरण गरेर नेपाल बनाए, ब्रिटिस सामाज्यलाई धपाउने पृथ्वी नारायण शाहको शालिक ढाल्ने भनेको कस्तो कपुत रैछ ? त्यस्तो कपुतलाई पनि भोट दिन्छ त ? हुन्न, कलाकार पन्तले भन्नुभएको छ ।
चितवन ३ छाडेर गोर्खा २ मा चुनाव लडनु जानुभएका प्रचण्डका प्रतिस्पर्धी गोर्खाकै सामाजिक अभियन्ता अब्दुश मियाँ हुनुहुन्छ । चौथो पटक चुनाव लडन चौथो जिल्ला र निर्वाचन क्षेत्र रोज्नुभएका प्रचण्ड अर्काे चुनावमा गोर्खा नआउने र गोर्खावासीलाई ठग्न आएको भन्दै युवाहरुले पनि प्रचण्ड हराउ अभियान चलाएका छन ।
यही बेला चर्चित कलाकार पन्तले पनि गोर्खावासीले प्रचण्डलाई भोट होइन, हराएर सदाका लागि लखेटनु पर्ने बताउनु भएको हो । पन्तको यो भनाई सामाजिक सञ्जालमा भाइरल भएको छ ।
सुन्नोस यो भिडियो













प्रतिक्रिया दिनुहोस्