जनता टाइम्स

१९ श्रावण २०७६, आईतवार १६:१९

उपचारका लागि सरकारी कोषको रकम नलिने प्रधानमन्त्रीको घोषणा, सिंगापुर खर्च व्यक्तिगत


काठमाडौं, साउन १९

प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर खर्च व्यक्तिगत हुने भएको छ । उहाको उपचार खर्च सरकारले नब्यहोर्ने भएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाले प्रधानमन्त्रीको उपचार प्रधानमन्त्रीकै व्यक्तिगत खर्चमा हुने जानकारी दिनुभयो ।

आइतवार मन्त्रालयमा मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने कार्यक्रममा संचारकर्मीको प्रश्नको जवाफ दिदै सबैखर्च व्यक्तिगत भएको बताउनु भयो । प्रधानमन्त्रीको उपचार आफ्नै व्यक्तिगत खर्चमा हुने तर सँगै गएका कर्मचारीको आउने–जाने र बस्ने खर्च राज्यकोषबाट हुने स्पष्ट पार्नुभयो ।

‘देशको नेतृत्व लिनुभएको प्रधानमन्त्रीको स्वास्थ्य उपचारलाई लिएर राजनीति गर्ने कुरा हुँदैन’, मन्त्री बास्कोटाले भन्नुभयो, ‘सरकारी कर्मचारीको हकमा आते–जाते र टीए, डीए पनि हुन्छ । प्रधानमन्त्रीको उपचार र उहाँको परिवारको खर्चको जिम्मेवारी भने उहाँ स्वयम्ले लिनुहुन्छ ।’