जनता टाइम्स

१८ कार्तिक २०७९, शुक्रबार १७:०१

निहारिकाको छोराको डीएनए शिवराजसँग मिल्यो


जनकपुरधाम, १८ कात्तिक । आफूलाई ‘कुमारी आमा’ निहारिका राजपुतका छोरा र उहाँले आरोपित गर्नु भएको शिवराज श्रेष्ठको डिएनए मिलेको अदालत श्रोतले बताएको छ । निहारिकाले आफूलाई शिवराजले बलात्कार गरेको र त्यसकै परिणामस्रुप छोरा जन्मिएको बताउँदै आउनुभएको थियो ।

आफूलाई शिवराजले गर्भपतन गर्न दवाव दिए पनि नमानेकाले उनले छोरा अस्वीकार गरेको निहारिकाको आरोप थियो । आरोपित शिवराज भने पहिले डिएनए परीक्षण गर्न नमाने पनि पछि निहारिकाले काठमाडौं गएर अनसन बसेकाले उनी मान्न वाध्य भएका थिए । प्रहरीले शिवराजलाई पक्राउ गरी २४ दिन हिरासतिमा राखेर रिहा गरेको थियो ।

अब डिएनए शिवराजसँग मिलेपछि निहारिकाको छोरा शिवराज नै हो भन्ने संदेश रहेन । अब अदालतले यी तीन (आमा, छोरा, बाबुबीच) नाता गरेमा निहारिका शिवराजसंग दाम्पत्य जीवन विताउन नचाहे पनि अंश लगायतको अधिकार पाउनुहुनेछ ।