काठमाडौं, कात्तिक १८ । नेकपा एमालेले आक्रामक चुनावी प्चार अभियान अघि बढाएको छ ।
निर्वाचन आयोगले चुनाव प्रचारका लागि सभा गर्न तोकेको मितिको पहिलो दिन आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदुरपश्चिमको तीन जिल्लाको चुनावी सभालाई सम्बोधन गर्नुभएको छ ।
बैतडीको सभा
मानवसागर नै ओर्लिएको सभामा अध्यक्ष ओलीले देश बनाउनका लागि बिदेसीका लागि कम्फर्टेवल सरकार बनाउने बर्तमान सत्ता गठबन्धनलाई परास्त गर्न सूर्यमा मत माग्नुभएको छ ।

सम्बोधनको क्रममा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवादेखि गठबन्धनले गरेको राष्ट्रघाती र बिकासबिरोधी कामको भण्डाफोर पनि गर्नुभएको छ । अध्यक्ष ओलीले आज दार्चुला, बैतडी र कञ्चनपुरमा आयोजित तीन वटा जनसभालाई सम्बोधन गर्नुभएको हो ।
दार्चुलाको सभा


तस्विर : अध्यक्ष केपी ओलीको निजी सचिवालय













प्रतिक्रिया दिनुहोस्