काठमाडौं, २० कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमाले स्वादेशमै रोजगारी र लगानीको बाताबरण बनाउन कम्मरकसेर लागिरहेको बताउनुभएको छ । विदेशमा नेपालीहरुले आर्जन गरेको सीपलाई नेपालमै लगाउने वातावरण एमालेले बनाउने उहाँको भनाई थियो । ।
प्रवासी नेपाली मञ्चको प्रथम अधिवेशनको बन्द सत्रमा बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले आफ्नै देशमा रोजगारी र लगानीको वातावरण बनाउन एमालेले चाहेको बताउनुभयो ।
विदेशमा रहेका नेपालीहरुले आफूसँग भएको शीप, पुँजी र क्षमतालाई मातृभूमिको सेवामा लगाउन चाहेकाले त्यसका लागि अनुकुलको वातावरण र नीति एमालेले बनाइरहेको पोखरेलले बताउनुभयो । एमालेले घोषणापत्रमा रोजगारी र लगानीलाई विशेष प्राथमिकता दिएको उहाँको भनाइ छ ।
प्रवासी नेपाली मञ्चको पहिलो महाधिवेशनको शनिबारको बन्दशत्रमा सम्वोधन गर्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले प्रवासी नेपाली मञ्चलाई महाधिवेशनसम्म ल्याउनका लागि निकै संघर्ष गर्नुपरेको स्मरण पनि गर्नुभयो । संगठनहरू हार्दा पार्टी हार्ने र पार्टी हार्दा देशले हार्ने भएकाले सबैले उत्तिकै सकृतय भएर लाग्नु पर्ने बताउनु भयो । उनले सर्वसम्मत नेतृत्व चयन गर्न मञ्चलाई आग्रह पनि गर्नुभएको छ ।













प्रतिक्रिया दिनुहोस्