काठमाडौं, कात्तिक २१ । नेपाली कांग्रेसका पूर्वउपसभापति एवं काठमाडौं क्षेत्र नम्बर १ का उम्मेदवार प्रकाशमान सिंहले आफ्नै पार्टीका महामन्त्री गगन थापा आफूलाई हराउन लागेको आरोप लगाउनु भएको छ ।
घरदैलो अभियान अन्तर्गत आज बुद्धनगरमा सिंहले यस्तो अभिब्यक्ति दिनुभएको हो । आफू अन्तिम पटक चुनाव लडन लागेको भन्दै सिंहले मतदान गरी बिजयी बनाउन आग्रह गर्नुभएको थियो ।
मतदाता भेटघाटमै क्रममा केही मतदाताले गगन थापा नै बिरोधमा हुनुहुन्छ कसरी जिताउनु ? भन्दै प्रश्न सोधेपछि सिंहले गगन आफूलाई हराउन लागेको कुराबारे जानकार भएको बताउनु भएको थियो ।
‘गगन थापा मलाई हराउनै लागेको छ, तपाईहरुले मलाई जिताएरु जवाफ दिनोस,’ केही पत्रकारसमेत उपस्थित रहेको छलफलमा मतदातासँग सिंहको भनाई थियो ।













प्रतिक्रिया दिनुहोस्