जनता टाइम्स

२२ कार्तिक २०७९, मंगलवार १६:५०

ठगी धन्दाप्रति सर्वाेच्चको लगाम : विश्वकप हेर्न अतिरिक्त ५०० शुल्क लिने मिडिया हबको निर्णय कार्यान्वयन नगर्न आदेश


काठमाडौं, २२ कात्तिक । कतारमा हुने विश्वकप फुटबल हेर्न अतिरिक्त ५०० रुपैयाँ लिने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अल्पकालीन आदेश जारी गरेको छ ।

विश्वकप फुटबल हेर्नका लागि नेपाली प्रतिग्राहकबाट अतिरिक्त ५०० रूपैयाँ असूल्ने मिडिया हबको निर्णय तत्काल कार्यान्वयन नगर्न न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

अधिवक्ता किशोर पौडेल र अनुपम भट्टराईले दायर गरेको रिटमाथि प्रारम्भिक सुनुवाई राउतको इजलासले २७ कात्तिकमा छलफलका लागि बोलाएको छ ।