जनता टाइम्स

२२ कार्तिक २०७९, मंगलवार २१:२४

कांग्रेसले बागी उम्मेदवारी दिने ७४ जनालाई पार्टीबाट निकाल्यो (सूचीसहित)


काठमाडौं, २२ कात्तिक ।  नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसले आउँदो मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य चुनावमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा पूर्वसांसद अमरेशकुमार सिंह, कांग्रेस पर्साका पूर्वसभापति अजयकुमार द्विवेदी, कांग्रेस बझाङका पूर्वसभापति हर्कजङ्गबहादुर सिंह, सिन्धुपाल्चोकका पूर्वक्षेत्रीय सभापति बद्री चौलागाइँ, पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाह, कांग्रेसका पूर्व केन्द्रीय सदस्य हेमराज तातेड, पूर्वसांसद महादेव गुरुङलगायत हुनुहुन्छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले पार्टीको विधान २०१७ (संशोधन सहित) को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि पार्टीको सदस्यता नरहने गरी ती सबैलाई कारबाही गरिएको जानकारी दिनुभयो । कांग्रेसले बागी, प्रस्तावक एवम् समर्थक र अन्य पार्टीमा गइ उम्मेदवार भएकाको नामावली अभिलेखबाट हटाइने उहाँले बताउनुभयो ।

१। मीनाकुमारी गुरुङ्ग, महाधिवेशन प्रतिनिधि एवं नेपाल महिला संघ जिल्ला अध्यक्ष, ताप्लेजुङ्ग

२। सन्तमान केरुङ्ग, पूर्व गाउपालिका अध्यक्ष, पाँचथर

३। वालानन्द दाहाल, नेपाल विद्यार्थी संघ जिल्ला अध्यक्ष, धनकुटा

४। सुरेशकुमार पोखरेल, क्रियाशील सदस्य, झापा

५। फणिन्द्र थापा, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ मोरङ्ग

६। जयराज संयोग लिम्वु, महाधिवेशन प्रतिनिधि, मोरङ्ग

७। नन्दु सरदार, क्रियाशील सदस्य, मोरङ्ग

८। गोपाल रेग्मी, क्रियाशील सदस्य, मोरङ्ग

९। जनाद्र्धन निरौला, महाधिवेशन प्रतिनिधि, मोरङ्ग

१०। रोहित सुव्वा, महाधिवेशन प्रतिनिधि, सुनसरी

११। प्रेम भट्टराई, महाधिवेशन प्रतिनिधि, सुनसरी

१२ दिपेन्द्र घिमिरे, इटहरी उपमनपा वडा नं. २ का वडा सभापति, सुनसरी

१३। प्रदिप चौधरी, जिल्ला कार्यसमिति सदस्य, सुनसरी

१४। धर्मराज पोखरेल, महाधिवेशन प्रतिनिधि एवं पूर्व जिल्ला उपसभापति खोटाङ्ग

१५। हेमराज तातेड, महाधिवेशन प्रतिनिधि एवं पूर्व केन्द्रीय सदस्य, सप्तरी

१६। रामलगन साह, सप्तरी

१७। विजेता झा, धनुषा

१८। हरिशंकर साह, क्षेत्रीय सभापति क्षेत्र नं. ३, धनुषा

१९। सन्तोष यादव, धनुषा

२०। अमरेशकुमार सिंह, पूर्व सांसद, सर्लाही

२१। रोशन यादव, महाधिवेशन प्रतिनिधि, बारा

२२। अरुण ज्ञवाली, महाधिवेशन प्रतिनिधि, बारा

२३। प्रभु पटेल, महाधिवेशन प्रतिनिधि, बारा

२४। अजयकुमार द्विवेदी, पूर्व जिल्ला सभापति, पर्सा

२५। सुधिर पटेल, क्रियाशील सदस्य, पर्सा

२६। चन्द्रकिशोर चौधरी, क्षेत्रीय प्रतिनिधि, पर्सा

२७। लिलाबहादुर न्यौपाने, क्षेत्रीय प्रतिनिधि, रसुवा

२८। शारदाकुमार (सरोज) न्यौपाने, क्रियाशील सदस्य, रसुवा

२९। टिकाप्रसाद काप्री, क्षेत्रीय प्रतिनिधि, धादिङ्ग

३०। श्रीकृष्ण जोशी, गोकर्णेश्वर नगर सभापति, काठमाण्डौ

३१। दिपेन्द्र लामा, काठमाण्डौ ३ (क)

३२। मोहन खड्का, काठमाण्डौ ५ (क)

३३। भरत विडारी, महाधिवेशन प्रतिनिधि, काठमाण्डौ

३४। वलाराम थापा, क्रियाशील सदस्य, काठमाण्डौ

३५ जयराम कार्की, जिल्ला सदस्य, काठमाण्डौ

३६। गोविन्द घिमिरे, क्षेत्रीय प्रतिनिधि, ललितपुर

३७। दिपेश के.सी. , क्रियाशील सदस्य, ललितपुर

३८। गंगाराम रिजाल, क्षेत्रीय प्रतिनिधि, ललितपुर

३९। रामकुमार जिसी, सुनकोशी गापा वडा नं. ३ का इकाइ सभापति, सिन्धुपाल्चोक

४०। भक्तवहादुर भण्डारी, सिन्धुपाल्चोक (ख)

४१। वद्री चौलागाई, पूर्व क्षेत्रीय सभापति, क्षेत्र नं. २ सिन्धुपाल्चोक

४२। दिनेश कोइराला, केन्द्रीय सदस्य, नेपाली कांग्रेस

४३। तारा पौडेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. ३ चितवन

४४। महादेव गुरुङ्ग, महाधिवेशन प्रतिनिधि, कास्की

४५। चित्रध्वज जि.सी., क्रियाशील सदस्य, नवलपुर

४६। नरवहादुर गुरुङ्ग, पूर्व क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. २ वाग्लुङ्ग

४७। ललित गुरुङ्ग, जिल्ला कार्यसमिति सदस्य, नेपाली कांग्रेस कपिलवस्तु

४८। ध्रुव पुन (दुत कुमार), महाधिवेशन प्रतिनिधि, रुकुम पूर्व

४९। सुवास पोखरेल, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ बर्दिया

५०। कृष्ण ढुंगाना, पूर्व गाउँ कार्य सभापति, नवलपरासी

५१। राजेन्द्रबहादुर शाह, महाधिवेशन प्रतिनिधि एवं पूर्व राज्य मन्त्री, सल्यान

५२। देवेन्द्र शाही, जुम्ला

५३। धनबहादुर वस्नेत, जुम्ला

५४। तारक के.सी. नेपाल विद्याथी संघ पूर्व केन्द्रीय सदस्य, रुकुम पश्चिम

५५। हर्कजंग वहादुर सिंह, पूर्व जिल्ला पार्टी सभापति, बझाङ्ग

५६। गणेश भण्डारी, बझाङ्ग

५७। नरेन्द्रबहादुर खड्का, क्षेत्रीय प्रतिनिधि, क्षेत्र नं. १ डोटी

५८। राजन कुँवर, अछाम

५९। चन्द्रप्रसाद ढुंगाना, अछाम

६०। नृप विष्ट, नगर सचिव कमलवजार नगरपालिका, अछाम

६१। केशववहादुर चन्द, वैतडी

६२। हरिमोहन भण्डारी, वैतडी

६३। गिरीराज पाण्डे, कंचनपुर

६४। दिपकवहादुर सिंह, कंचनपुर

६५। गोपालसिंह वुढा, कंचनपुर

६६। पिताम्वर जोशी, प्रदेश प्रतिनिधि, कंचनपुर

६७। शारदा चन्द, महाधिवेशन प्रतिनिधि, कंचनपुर

६८। दुर्गादत्त पाण्डे, कंचनपुर

६९। मदन नेपाल, कंचनपुर

७०। भरतकुमार शाही, कैलाली

७१। गोविन्दराज जोशी : पूर्व जिल्ला सभापति, कैलाली

७२। लक्ष्मण शाही : महाधिवेशन प्रतिनिधि, कैलाली

७३। क्षितिज भण्डारी : महासमिति सदस्य, कैलाली

७४। विजयकुमार वस्नेत, पूर्व जिल्ला सदस्य, काठमाण्डौ