बाँके, कात्तिक २४ । नेकपा एमाले बाँकेका सचिव रत्न खत्री बाँकेको राजनीतिमा चर्चित अनुहार हो । बिद्यार्थी रानीति होस वा पार्टीको मुल राजनीतिमा खत्री सदाबहार चर्चामा रहिरहनु भयो । उत्तिकै उताडचडाव पनि व्यहोर्नु परेको छ । खत्री स्ववियु निर्वाचनमा विद्यार्थीबाट सभापतिमा अनुमोदन हुनुभयो । त्यसको लामो समयपछि यसपटक खत्री जनताबाट अनुमोदन हुने अवसरसहित बाँके क्षेत्र नं. ३ ‘क’ मा प्रदेशसभा सदस्यका उम्मेदवार हुनुहुन्छ ।
लुम्बिनी प्रदेश सभाको दोस्रो कार्यकालको सांसद हुने आंकाक्षासहित खत्री यतिबेला जनताको घरदैलोमा पुगिरहनु भएको छ । खत्रीको त्यो आंकाक्षा पुरा हुन्छ कि हुँदैन निश्चित गर्न मंसिर ४ पछिको अन्तिम मतगणना पर्खिनै पर्छ । तर अहिलेसम्मको ग्राउण्ड रियालिटी नियाल्दा भने खत्रीकै पक्षमा माहोल देखिएको छ । ‘अन्यथा’ बाहेक यी तीन कारणले रत्न खत्रीको बिजय सुनिश्चित देखिन्छ ।
भताभुङ्ग सत्तागठबन्धन
गठबन्धनका आधारमा हेर्ने हो भने नेपाली काँग्रेस, माओवादी र समाजवादी लगायत दलले उठाएका उम्मेदवार बलिया हुनुपर्ने हो । तर गठबन्धनका उम्मेदवार दुई/दुईवटा भएपछि बलियो हुने आधार त्यसै भत्किएको छ । गठबन्धनको तर्फबाट आधिकारिक उम्मेदवार माओवादीका आईपी खरेल हुन । तर माओवादीकै अर्को पक्षले खरेलले जित्न नसक्ने अवस्था रहेको भन्दै नेकपा एमालेबाट एकिकृत समाजवादी र त्यहाँबाट स्वतन्त्र हुँदै माओवादीमा पुगेका दलबहादुर सुनारलाई आधिकारिक मानेर समर्थन गरेको छ ।
यी दुईबीचको बिवाद कायम छ भने काँग्रेसका चर्चित स्थानीय नेता चन्दराम थारु नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार बन्नुभएको कारण पनि गठबन्धनको मत तितरबितर हुने निश्चितप्रया छ । यी तिनै जनाले गठबन्धनकै मत काट्ने हुन एमालेको मत लिने अवस्था छैन ।
एकढिक्का एमाले
काँग्रेस, माओवादी, समाजवादीको मत खरेल, सुनार र थारुबीच बिभाजन हुने निश्चित छ जसको प्रत्यक्ष फाईदा खत्रीले पाउने छन् । खरेल निर्वतमान सांसद, सुनार एमालेको तर्फबाट संविधानसभा सदस्य हुँदै राज्य मन्त्री समेत बनिसकेका नेता हुनुहुन्छ । दुबै जनता टेष्टेट नेता भएका कारण उक्त क्षेत्रमा खत्रीलाई नेता चुन्नुपर्छ भन्ने मत पनि बलियो छ । एमालेमा हुँदा आन्तरिक संघर्षमा खत्रीले जहिल्यै सुनारलाई साथ दिनुभएको थियो भने संविधानसभा निर्वाचनमा जिताउन खटिनुभएको थियो ।
सुनारलाई खत्रीले साथ दिएको बिगत स्मरण गर्दै सुनारका समर्थकले समेत अहिले खत्रीलाई सहानुभुती भन्दै मत दिने निष्कर्षमा पुगेका छन् । समाजावादीका युवाहरु त एमालेमै फर्किएर खत्रीलाई जिताउन खटिसकेका छन । पार्टी फेरिरहेको आलोचना खेपेका सुनार र आधिकारिक उम्मेदवार हुँदाहुँदै पनि गठबन्धनबाट फालिएका खरेलबीच अस्तित्वको लडाई छ । यस्तो असन्तोषदेखि वाक्क भएका माओवादी र समाजवादीकै मतदाताको मत खत्रीका पक्षमा जाँदै छ । गत निर्वाचनलाई हेर्दा प्रदेश ‘क’ र ‘ख’ मा नेकपाका उम्मेदवार विजयी भएका थिए । यसपाली सत्ता गठबन्धनले ‘क’मा माओवादी र ‘ख’मा कांग्रेसलाई भाग पारेको छ ।
स्वतन्त्र उम्मेदवारी दिनुभएका नेकपा एकीकृत समाजवादीका नेता सुनार दुई दिनअघि मात्रै माओवादी गएपछि समीकरण बिग्रिएको थियो । २०७० सालमा एमालेबाट यही क्षेत्रको सांसद बन्नुभएका सुनार समाजवादीमा विद्रोह गर्दै माओवादीमा प्रवेश गरेपछि माओवादीको उम्मेदवार खरेल कि सुनार भन्ने विवाद देखिएको छ । गठबन्धनका प्रतिनिधिसभाका उम्मेदवार किशोरसिंह राठौरले सुनारलाई बोकेर हिडनु भएको छ भने खरेल एक्लै चुनावी दौडमा लाग्ने हिम्मत देखाउनु भएको छ ।
आफूमाथि भएको अन्यायका बिरुद्धमा खरेल झुक्नु भएको छैन बरु डटेर सामाना गरिरहनु भएको छ । जसले जे भने पनि आधिकारिक उम्मेदवार खरेल नै भएपछि उहाँको पक्षमा माओवादीको मत जाने प्रष्ट छ । यस निर्वाचन क्षेत्रमा प्रष्ट देखिनेगरी नै माओवादी दुई भागमा बाँडिएको छ । एउटाले खरेल र अर्को पक्षले सुनारलाई बोकेको छ । आफ्ना उम्मेदवार नै माओवादीमा गएपछि समाजवादी पनि दुईतिर बाँडिएको छ । केहीले सुनारलाई नै मत हाल्ने मनस्थिति बनाएका छन भने केहीले उनलाई हराउन लाग्ने प्रतिक्रिया दिएका छन । तर हसिया हथौड़ा चुनाव चिन्हका कारण खरेलका पक्षमा मत जाने निश्चित छ ।
प्रदेशमा कांग्रेसबाट गएको निर्वाचनमा प्रदेश उम्मेदवार बनेका चन्तराम थारु नागरिक उन्मुक्ति पार्टीमा जानुले पनि केही असर पर्ने देखिन्छ । गएको चुनावमा थारु एक हजार ६ सय ९४ मतले पराजित हुनुभएको थियो । चन्तराम रेशम चौधरीको पार्टीमा जाँदा सत्ता गठबन्धनलाई ठूलो घाटा लाग्ने देखिन्छ । जसको फाईदा एमाले उम्मेदवार खत्रीलाई हुनेछ । यसरी उम्मेदवारको रनभुल्लमा परेका मतदाताले उपयुक्त उम्मेदवार खत्रीलाई देखेका छन् ।
नेकपा एमालेका बिरुद्धमा काँग्रेस, माओवादी, समाजवादी लगायतका दलले गठबन्धन बनाएको स्पष्ट नै छ । गठबन्धन बिरुद्ध एक्लै चुनाव भिडिरहेको एमालेले आन्तरिक एकतामा जोड दिएको छ । अझ बलियो जनाधार हुँदाहुँदै पनि खजुरा,बैजनाथ जस्ता पालिकामा हार व्यहोरेको बदला अहिले लिनुपर्छ । त्यसैले प्रदेशसभाको निर्वाचनमा खटिएको एमालेको आन्तरिक एकता सुदृढ पारेको छ । सत्तागठबन्धनको मत तितरबितर र एमालेको मत एकढिक्का भएका कारण खत्री बलियो अबस्थामा छन् ।
व्यक्तित्वको प्रभाव
एमाले एकढिक्का र भताभुङ्ग गठबन्धन मात्र होइन खत्रीको जित्ने तेस्रो आधार उहाँको व्यक्तित्व पनि हो । प्रतिस्पर्धी बिगतमा प्रयोग भइसकेकाहरु देखेर मतदाता वाक्क छन् । त्यसरी वाक्क भएकाहले असल व्यक्तित्वका रुपमा खत्रीलाई मतदान गर्ने मुड बनाएका छन् । काँग्रेस, माओवादी र समाजवादीका कयौं मतदाताले उनलाई मत हाल्नुको कारण सुनाउँदै भन्छन, ‘एक त हाम्रो उम्मेदवार को हो भन्ने एकिन छैन ।

यदि एकिन नै भयो भने पनि उनीहरु बिगतमा माननीय र मन्त्री भइसकेका तर केही नगरेका परे । त्यसैले यसपाली खत्रीलाई पालो दिनुपर्छ भन्ने लागेको छ । गठबन्धनका नाममा बिगतमा प्रयोग भइसकेका र अहिले मारामार गरिरहेकालाई मत दिनु भन्दा खत्रीलाई जिताएर पठाउँदा आँकाश खस्दैन भन्नेमा मनशाय काँग्रेस,माओवादी र समाजवादीका धेरै मतदातामा छ ।’ खत्री युवा चेहेरा समेत रहेका कारण पार्टीगत मात्र होइन स्वतन्त्र मत तान्ने ल्याकत राख्छन ।
को हुन खत्री ?
करिब तीनदशकदेखि बाँकेको राजनीतिमा सक्रिय खत्रीले विद्यार्थी राजनीतिमा महेन्द्र बहुमुखी क्याम्पस नेपालको स्ववियु सभापतिमा निर्वाचित भएपछि बाँकेमा बिश्व विद्यालय स्थापनाका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएको थियो । दोश्रो जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गर्दा तत्कालिन समयमा सुरक्षा निकायले धरपकड तथा मरणासन्न हुनेगरी कुटपिट गरेको थियो । लामो समय भूमिगत र प्रहरी हिरासतमा समेत बस्नुभयो ।
एमाले निकट अनेरास्ववियुकोे केन्द्रीय प्रचार विभाग प्रमुखको रुपमा काम गरेपछि उहाँले एमाले बाँकेको जिल्ला कमिटी सदस्य, उपसचिव र हाल दोश्रो कार्यकाल सचिवको रुपमा कार्यरत हुनुहुन्छ । सुर्खेतको सिम्तामा जन्मिनु भएप नि उहाँको बाल्यकाल बाँकेमा बित्यो । राजनीतिक कार्यक्षेत्र पनि बाँकेको बैजनाथ र खजुरा गाउँपालिकालाई बनाउनु भयो । तत्कालिन जिल्ला विकास समिति बाँकेमा एमालेको तर्फबाट दलीय प्रतिनिधी र स्थानीय शान्ति समितिको प्रतिनिधी हुँदा खत्रीले क्षेत्र र जिल्लाको विकास निर्माण र शान्ति स्थापनामा भूमिका निर्वाह गर्नुभयो ।
समकालिन राजनीतिमा पार्टीको शीर्ष नेतृत्वसँग निकटको सम्बन्ध बनाएका खत्री जिल्लामा पार्टीगत मात्रै नभएर फरक पार्टीका नेता कार्यकर्ता र नागरिक समाज तथा विभिन्न पेशाकर्मीसँग पनि समान सम्बन्ध बनाउन सफल छन । खत्रीलाई एमाले सहित राप्रपाको पनि समर्थन रहेको छ । राप्रपाका नेताहरु फत्तेसिंह थारु, ठाकुरसिंह थारु, तारकसिंह थारु लगायतका नेता कार्यकर्ताहरु खत्रीको पक्षमा लाग्नुभएको छ ।
राजनीतिमा पूर्णकालिन भएर लागेका खत्रीले राजनीति शास्त्रमा स्नातकोत्तर उत्तिर्ण गर्नुभएको छ प्रष्टसँग आफ्ना कुरा राख्न सक्ने कुशल बक्ताको रुपमा रहेका खत्रीलाई पहिलो पटक बैजनाथ र खजुराका जनताले प्रतिनिधिको रुपमा पठाउने अवसर पाएका छन् । यसअघि पटक पटक जनतामा अनुमोदन भएर पनि विकास र समृद्धिका लागि केही गर्न नसकेकाहरु फेरी पनि उम्मेदवार बनेका कारण आम मतदाताको रोजाईमा खत्री परेको देखिन्छ ।













प्रतिक्रिया दिनुहोस्