जनता टाइम्स

२४ कार्तिक २०७९, बिहीबार १७:३६

रणवीर र आलियाको छोरीलाई भेट्न रोक


मुम्बई, २४ कात्तिक । गत ६ नोभेम्बरमा अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट छोरीको आमाबाबु बनेपछि कपुर परिवारमा खुसियाली छाएको छ । आलिया आज मात्र अस्पतालबाट डिस्चार्ज भई रणवीरको घर पुग्नुभएको छ । आलिया र रणवीरकी छोरीलाई भेट्न कैयौं पाहुना अस्पतालमा पुगे पनि उहाँहरूलाई छोरीलाई भेट्न प्रशासनले अनुमति दिएन ।

कपुर परिवारले छोरीको तस्बिर कसैले खिच्न नपाउन् भनेर यो निर्णय लिएका हुन् ।

‘रणवीर र आलिया आफ्नी छोरीको तस्बिर इन्टरनेटमा नआओस् भन्ने चाहन्छन् । छोरी अहिले सानी भएकीले उनलाई इन्फेक्सनको खतरा पनि उत्तिकै छ । त्यहीकारण पाहुनालाई छोरीसँग भेट गर्न रोक लगाइएको छ । प्रत्येक पाहुनालाई कोभिड–१९ नेगेटिभ सर्टिफिकेट देखाउन पनि सम्भव छैन । यो राम्रो पनि हुँदैन’, कपुर निकट स्रोतले भनेको छ ।