कैलाली, कात्तिक २६ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चुनावपछिको प्रधानमन्त्री नेपालमै छन कि बिदेशतिर भन्दै गठबन्धनलाई कडा प्रश्न सोध्नुभएको छ । कैलालीको लम्की चुहामा आज आयोजित चुनावी सभामा बोल्दै अध्यक्ष ओलीले यस्तो प्रश्न गर्नुभएको हो ।
‘एमालेले चुनावपछिको प्रधानमन्त्री तोकिसकेको छ, स्पष्ट घोषणापत्र ल्याइसकेको छ, आफ्नै नीति र कार्यक्रम राखेको छ, तर गठबन्धन एउटा प्रधानमन्त्रीको उम्मेदवार पनि दिन सकेको छैन,’ ओलीले भन्नुभयो, ‘को हो गठबन्धनको प्रधानमन्त्री ? को हो मुख्य नेता ? नेपालमै छन कि बिदेशतिरका हुन ? उस्ले जे जे भन्यो त्यही त्यही गर्ने मात्रै हो ? अव जनतालाई बताऊ ।’
पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले गठबन्धन जनता र देशमारा ठगबन्धन भएको भन्दै त्यहाँ प्रधानमन्त्री भन्न योग्य मान्छे नै कोही नरहेको बताउनु भयो । ‘गठबन्धनसँग प्रधानमन्त्री बनाउछु भनेर देखाउन लायक कोही मान्छे नै छैन, त्यसैले भन्न सकेनन,’ ओलीले भन्नुभयो ।
उहाँले चुनावपछि कस्को नीति लागू गर्ने भन्ने पनि गठबन्धनलाई थाह नभएको बताउनु भयो । ‘देश र जनतामारा ठगबन्धन नै हो सत्ता गठबन्धन । चुनावपछि सरकार बनाउँदा कस्को घोषणापत्र लागू हुन्छ ? कस्को न कस्को ?,’ ओलीको प्रश्न थियो ।
कांग्रेसमै आफ्नो बैश घुर्काउनु भएका भाउजुहरुप्रति मेरो साहानुभुति छ, पार्टी बनाउनु भयो, समय खर्चनुभयो तर समानुपातिक सांसद नेताका श्रीमतीले उछिट्टयाए, त्यहाँ थप समय खेर नफाल्नोस, एमालेमा आउनोस,’

गठबन्धनलाई चुनावपछि सरकार बनाउने बिश्वास नै नभएको पनि उहाँले बताउनु भयो । ‘सरकार बनाउँछु भन्ने उहाँहरुलाई किन्चित बिश्वास छैन । एमाले अगाडि देखेपछि उहाँहरुको होस हवास उडछ, सरकार बनाउने कुरा त परै जावस,’ ओलीको भनाई थियो, ‘तरवार बेचुवा र घिउ बेचुवाहरु हुन गठबन्धनका दलहरु । एकले अर्कालाई झुक्याउने, समग्रमा जनतालाई झुक्याउने नै हो ।’
उहाँले गठबन्धनमा रहेका दलहरुले एउटा राम्रो काम गरें भनेर दिन चुनौती पनि दिनुभयो । ‘म चुनौतीका साथ भन्न चाहन्छु, यो गठबन्धनमा भएका पार्टीहरु कुनैले मैले यो काम गरेको थिएँ भनेर एउटा काम देखावस । २४ बर्ष सत्तामा रहँदा कांग्रेसले एउटा राम्रो काम देखावस,’ ओलीले भन्नुभयो ।

सभामा बोल्दै अध्यक्ष ओलीले कांग्रेसमा नेताका श्रीमती मात्रै पदमा पुग्न योग्य रहेको भन्दै सवै महिला नेतृहरुलाई एमालेमा आउने आग्रह गर्नुभयो । ‘कांग्रेसमै आफ्नो बैश घुर्काउनु भएका भाउजुहरुप्रति मेरो साहानुभुति छ, पार्टी बनाउनु भयो, समय खर्चनुभयो तर समानुपातिक सांसद नेताका श्रीमतीले उछिट्टयाए, त्यहाँ थप समय खेर नफाल्नोस, एमालेमा आउनोस,’ ओलीले भन्नुभयो ।













प्रतिक्रिया दिनुहोस्