बर्दिवास, २७ कात्तिक । महोत्तरी, निर्वाचन क्षेत्र नं १ का जनताको भोटले तीन पटक साँसद बनेका माओवादी नेता गिरिराजमणि पोखरेललाई बर्दिबास नगरपालिका–११ छोडके गाउँले गिज्याउँदैन ? भन्ने प्रश्न खडाभएको छ । स्थानीय माओवादी कार्यकर्ता पोखरेललाई महान विकासवादी नेताकारूपमा चित्रण गर्छन तर, उनको विकासको गफको पोल छोड्केले खोलिदिएको छ ।
जिल्लाकै दुर्गम उक्त क्षेत्रको समेत भोट पाएर पोखरेल तीन पटक विजयी हुनुभयो । उहाँ पटक पटक मन्त्री समेत हुनुभयो । मत माग्न वाहेक पोखरेल छाड्केमा फर्केर नआउने गरेको स्थानीयको आक्रोश छ ।
छोडके गाउँमा अहिलेसम्म सडक पनि बनेको छैन । उनीहरु आधारभूत सेबाबाट समेत वञ्चित हुँदै आएका छन् । उक्त गाउँमा सडक, शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली बत्तीलगायत सुविधाको अभाव छ । स्थानीय मतदाता डम्बर लामा निर्वाचनमा विजयी उम्मेदवारले यहाँका मतदातालाई ठग्ने काम मात्र गरेको आक्रोश व्यक्त गर्नुहुन्छ ।
बर्दिबासको खयरमारादेखि डाँडापारी रहेको यस क्षेत्रमा बर्दिबासबाट बसमा डेढ एक घण्टा तथा पैदल पाँच घण्टामा पुगिन्छ । यहाँका मतदातालाई बिहानबेलुका छाक टार्न धौधौ छ । ‘मिठो खाने र राम्रो लगाउने त सपना मात्रै हो’, स्थानीय सोमबहादुर स्याङतान भन्नुहुन्छ ।
बाँके नदीको शिरमा रहेको यस बस्तीमा पुग्न खोलैखोला तर्नुपर्ने बाध्यता छ । वैकल्पिक मार्गसमेत छैनन् । यहाँका नागरिक शिक्षा, स्वास्थ्य र रोजगारीका लागि अन्य जानु पर्छ । यहाँ तीन सय परिवारका आठ सय ६४ मतदाता छन् । प्रत्येक निर्वाचनमा सडक, स्वास्थ्यचौकी, अस्पताल, खानेपानीलगायत का सुविधा उपल्बध गराउँने आश्वासन दिन्छन् । तर चुनाव जितेपछि भने उम्मेदवार बस्तीमा नआएको यहाँका मतदाताको गुनासो छ ।
बस्तीमा कोही बिरामी परे पैदल पाँच घण्टा खोलाको बाटो हँुदै स्वास्थ्य संस्था पुग्नुपर्ने बाध्यता वर्षौँदेखि यथावत् छ । यो क्षेत्रबाट विगत १५ वर्षदेखि पोखरेल चुनाव जित्दै आउनुभएको छ ।













प्रतिक्रिया दिनुहोस्