जनता टाइम्स

२८ कार्तिक २०७९, सोमबार १४:२०

डोटीका भुकम्पपिडितलाई राहात सामाग्री वितरण


काठमाडौं, २८ कात्तिक । गैरआवासीय नेपाली संघ (एनआरएनए) को सहयोग र कैलाली उद्योग बाणिज्य संघ तथा डोटि उद्योग बाणिज्य संघको संयुक्त सहकार्यमा डोटिका भुकम्प पिडितलाई राहात सामाग्री वितरण गरीएको छ । यही कार्तिक १३ गते विहान २ बजे डोटीस्थिति खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रलाई केन्द्रविन्दु बनाई आएको भूकम्पका कारण घर भत्किदा ६ जनाको मृत्यु, ८ जना घाईते र २८ घरपरिवार विस्थापित भएका थिए ।

जिल्ला विपत व्यवस्थापन समिति मार्फत भूकम्प पीडितलाई साढे तीन लाख भन्दा बढी बराबरको राहत सामाग्री सहयोग गरिएको हो र बाँकी अन्य ठाउँमा वितरण गर्ने कार्य जारी रहेको एनआरएनएले जनाएको छ ।

उक्त ठाउँमा भुकम्पमा परेर जनधनको क्षति भएपछि एनआरएनएले धनगढी उद्योग वाणिज्य संघ र डोटि उद्योग वाणिज्य संघ संगको समन्वयमा डोटीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख र नेपाल रेडक्रस सोसाईटी डोटी शाखाका प्रदेश महासचिवलाई राहात सामाग्री हस्तान्तरण गरेको हो ।