नवलपुर, २९ कार्तिक । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुर २ बाट प्रतिनिधि सभामा गठबन्धनको तर्फबाट आगामी मंसिर ४ गते हुने निर्वाचनमा उमेद्ववारी दिनुभएका काग्रेस नेता बिष्णु कुमार कार्कीले बिभिन्न ठाउँमा झण्डै पाँच करोड चन्दा बोलेर पाँच पैसा पनि दिनुभएको छैन। प्रमुख अतिथि बनेर फुलमाला लगाउने, चन्दा रकम बोल्ने तर सुकि नदिने गर्दा बिभिन्न संघ, संस्था अत्यन्तै अप्ठेरोमा परेका छन्। मध्यविन्दु नगरपालिका ७ चोरमारामा रहेको नवजागरण बहुमुखी क्याम्पसले २०७६ पौष २७ मा शुभारंभ गरेको धन धान्याञ्चल विराट ज्ञानमहायज्ञमा विष्णु कार्कीले एकाउन्न लाख चन्दा बोल्नुभएको थियो।
तर उक्त रकम हालसम्म क्याम्पसले पाएको छैन। यसबारेमा क्याम्पस संचालक समितिका अध्यक्ष तुलसी तिवारीलाई फोन गरेर सोध्दा उहाँले रकम प्राप्त नभएको गुनासो गनुभयो । महायज्ञको समुद्वघाटन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले गर्नुभएको थियो । त्यस्तैगरि सोहि साल माघ ११ देखि शुभारंभ भएको मध्यवर्ती क्याम्पस कावासोती नगरपालिका १७ को महायज्ञमा पनि उनै बिष्णु कुमार कार्कीले एक्काईस लाख चन्दा बोल्नुभएको थियो। सो क्याम्पसमा पनि हालसम्म कार्कीले दिन्छु भनेको रकम दिनुभएको छैन ।
यज्ञ मूल व्यवस्थापन समितिका संयोजक पुष्परत्न महतोले भवन बनाउने बेला कार्कीको ईट्टा भट्टामा ईट्टा माग्न जाँदा पैसा पो बोलेको हो ईट्टा दिन त सक्दिन भनेर ईट्टा समेत नदिएको उल्लेख गर्नुभयो। यस विषयमा क्याम्पस प्रमुख हेमराज महतोसँग बुझ्दा उहाले पनि कार्कीले चन्दा बोलेको रकम हालसम्म नदिएको र ईट्टा पनि कलेजले रकम तिरेर किनेको पुष्टि गर्नुभयो । त्यतिमात्र हैन मध्यविन्दु नगरपालिका २ कुमारवर्ती मावि कोल्हुवाले आयोजना गरेको यज्ञमा पनि उनै बिष्णु कुमार कार्कीले दश लाख रूपैयाँ चन्दा बोल्नुभएको थियो । त्यहाँ बोलेको रकम पनि अहिलेसम्म दिनुभएको छैन । विधालय व्यवस्थापन समितिका अध्यक्ष टेक प्रसाद पोखरेलले रकम नपाएको कुरा पुष्टि गर्नुभयो । कार्कीको लाज,शरम केहि रैनछ। अहिले समाजसेवी बनेर भोट माग्दै हिंडेका छन्। जनताले त यिनलाई ठग भनेर चिनिसके । एकजना अभिभावकले आक्रोश पोख्दै भन्नुभयो अब यिनलाई के भनेर भोट दिने ?
कार्कीले दुई दर्जन बढि ठाउँमा यसरीनै लाखौ,लाख रकम चन्दा बोल्नुभएको छ । सबै रकम जोड्दा झण्डै पाँच करोड हुन्छ। कृषक समूह, आमा समूह, टोल विकास, युवा, महिला, साँस्कृतिक समूह लगाएत सबैलाई रकम नदिएर रनभूल्ल परेका छन् । बेईमानको कुनै औषधी हुँदो रैनछ। यिनले धर्ममाथी गरेको खेलवाडको नतिजा भोग्छन्। लिखराम चौधरीले भन्नुभयो। कार्कीको दबदबाले उहाँको अघि मुखफोर्न नसके पनि अधिकाँश अभिभावकलाई उहाँको नियत ठिक लागेको छैन। नवलपुर २ बाटै प्रतिनिधि सभामा एमालेको तर्फबाट उमेद्ववारी दिनुभएका तिलक महतले चोरमाराको उक्त नवजागरण बहुमुखी क्याम्पसको चमेना गृह निर्माणमा सघाउनुभएको छ । महतले त्यहाँ उहाँको क्षेत्र विकास कार्यक्रमबाट दश लाख रूपैयाँ उपलब्ध गराउनुभएको छ । त्यस्तैगरि रंगशाला निर्माणमा दश लाख र कभर्डहलमा बिस लाख रकम उपलव्ध गराएको स्थानीय नारायण पोखरेलले जानकारी गराउनुभयो । साथै मध्यवर्ती क्याम्पसको भवन निर्माण गर्दा पनि तिलक महतले तीस लाख रूपैयाँ दिएको क्याम्पस प्रमुख हेमराज महतोले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्