काठमाडौं, ३० कात्तिक । भोजपुर बम विस्फोटको जिम्मा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले लिएको छ । भोजपुरको पौवादुङ्मा गाउँपालिकास्थित तिवारीभञ्ज्याङमा सत्तागठबन्धनको चुनावी सभामा आज बम विस्फोट हुँदा एकजना घाइते समेत भएका छन् । सो सभालाई सम्वोधन गर्न प्रचण्ड जाने कार्यक्र थियो ।
विप्लव नेकपाका एक नेताले घटनाको जिम्मेवारी लिएका छन् । चुनाव बहिष्कार गर्ने पार्टीको निर्णयअनुसार बम विस्फोट गराइएको उनले बताउनुभयो ।
तिवारीभञ्ज्याङ बजारमा सभा भइरहेको बेला कार्यक्रमस्थलमा बम पड्किएको थियो । विस्फोटमा परी एकजना घाइते भएका छन् । भोजपुरकै अरुण गाउँपालिका चरम्बीका सुमन श्रेष्ठ घाइते हुनुभएको हो ।
श्रेष्ठ विप्लवकै कार्यकर्ता हुनु भएको र उनले टिफिन बक्समा विस्फोटक पदार्थ राखेर बनाएको बम झोलामै पड्किएको प्रहरीले बताएको छ ।
उहाँको बायाँ खुट्टामा सामान्य चोट लागेको र इप्रका तिवारीभञ्ज्याङले नियन्त्रणमा लिएको नेपाल प्रहरीका प्रवक्ता डीआईजी टेकप्रसाद राईले बताउनुभयो ।













प्रतिक्रिया दिनुहोस्