झापा, १ मंसिर। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर –४ को निर्वाचनपछि नेकपा एस, लोसपा र जनमोर्चा भन्ने दल समाप्त हुने बताउनुभयो । गृहजिल्ला झापाको इँटाभट्टामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले राष्ट्रपतिको काम राष्ट्रियतालाई खतरामा पार्न खोजिएको बेलामा आएको बताउनुभयो।
उहाँले भन्नुभयो, ‘प्रचण्ड, शेरबहादुर र माधव नेपालहरुले नागरिकतासम्बन्धी विधेयक संसदमा रोके । अध्यादेशबाट कानुन ल्याएर दिन लाग्दा अदालतमा गएर रोकाएपछि विदेशीका लागि दिनका लागि हतारमा ल्याउन खोजे । तर, राष्ट्रपतिज्यूले रोक्नुभयो ।’ एमाले सरकार बनेको एक महिनामा सबै नेपाली नागरिकलाई नागरिकता दिने उहाँले बताउनुभयो ।
बिकाउ माल सरकारमा पुगेर गतल काम गरेपछि राष्ट्रपतिले रोकेर सही गरेको जिकिर गर्नुभयो । उहाँले जन्मसिद्धका आधारमा एमाले सरकार बनेको एक महिनामा वंशजको आधारमा नागरिकता दिने बताए । विदेशीलाई नागरिकता दिएर गठबन्धनको सपना पूरा गर्न नदिने बताउनुभयो ।
उहाँले भन्नुभयाृे, ‘गठबन्धन सधैं मिलेर खाइराख्ने रे । एमालेलाई ढाल्ने हिम्मत नभएपछि गठबन्धन बनाए । जनताबाट ढाल्न सकेनन् अदालतमा गएर जालझेल गरे । हामीले बहुमत पाउन सकेका छैनौँ । माओवादीलाई गम लगाएर एमालेमा टाँस्यौँ । प्रचण्ड पकलक्क उप्किएए । तर, धेरै माओवादी नेताहरु एमालेमै रहे ।’
प्रचण्डलाई अध्यक्ष बनाएरसँगै राखेपनि मुसालाई ऋषिले आर्शीवाद दिएजस्तो मात्रै भएको टिप्पणी गर्नुभयो । उहाँले विस्तारै सकिने बाटोमा लाग्ने भएकाले डराइराख्नुपर्ने अवस्था नरहेको बताउनुभयो । उहाँले जुम्लामा कांग्रेसले गठबन्धनको तर्फबाट माओवादी उम्मेदवारलाई भोट नहालेर राप्रपाको ज्ञानेन्द्र साहीलाई हाल्ने दाबी गर्नुभयो ।













प्रतिक्रिया दिनुहोस्