जनता टाइम्स

४ मंसिर २०७९, आईतवार ११:२२

विवादका कारण बाजुराका ३ मतदान केन्द्रमा मतदान स्थगित


बाजुरा, ४ मंसिर । बाजुराका ३ वटा मतदान केन्द्रमा विवाद हुँदा मतदान स्थगित भएको छ ।

जिल्लाको बुढिगंगा नगरपालिका८ को मतदान केन्द्र, बुढीनन्दा(५ र स्वामिकार्तिक खापर गाउँपालिका(४ को एक केन्द्रमा मतदान स्थगित भएको हो ।

राजनीतिक दलहरुबीच विवाद भएपछि ती मतदान केन्द्रको मतदान प्रक्रिया स्थगित भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएकोछ ।