जनता टाइम्स

५ मंसिर २०७९, सोमबार १२:३९

गणना सुरुभएका १२ मध्ये ६ स्थानमा एमालेको अग्रता


काठमाडौं, ५ मंसिर । प्रारम्भिक नतिजा अनुसार नेकपा एमालेले गठबन्धनलाई पछि पार्दै अग्रता लिएको छ । हिजो भएको निर्वाचनअनुसार एमालेले १० मध्ये ६ ठाउँमा अग्रता लिएको छ ।

प्रारम्भिक नतिजाले सत्ता गठबन्धनलाई धक्का लाग्ने देखिएको छ । गठबन्धनको घेराबन्दीबीच एमालेले प्रारम्भिक अग्रता बनाइरहेको छ ।

अहिलेसम्मको अवस्था हेर्दा रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय राजनीतिमा उदाउन सक्ने देखिएको छ। निर्वाचन आयोगले गरिरहेको मतगणना अनुसार एमालेले अहिलेसम्म ६ स्थानमा अग्रता बनाएको हो।

नेकपा एमालेको अग्रता

१. ललितपुर–१ मा नवराज सिलवाल
२. ललितपुर–२ मा प्रेम बहादुर महर्जन
३. ललितपुर–३ मा अमृत खड्का
४. धनुषा–३ मा जुलीकुमारी महतो
५. झापा–२ मा देवराज घिमिरे
६. बाँके–३, किस्मत कक्षपति